September 26, 2021

ग्रामीण पर्यटन पवद्र्धन गर्न भिटोफको व्यवस्थापन तालिम

रोहीत वस्नेत
पोखरा २८ बैशाख गाउँ पर्यटन प्रबद्र्धन मञ्च पोखरा (भिटोफ) नेपालले प्रदेश नम्बर ४ को आयोजना तथा नेपाल पर्यटन वोर्ड पोखराको सहयोगार्थमा ४ नं. प्रदेश अन्तर्गतका होमस्टे सञ्चालक तथा कामदारहरुलाई दुई दिने घरवास व्यवस्थापन तालिम शुरु गरेको छ ।

बैशाख २८ देखि २९ सम्म इन्फिनीटी रिर्सोट सेदी पोखरामा सञ्चालन हुने २ दिने तालिममा करीब २० (घरवास) होमस्टेका ५९ जना प्रतिनिधिहरुको सहभागिता रहेको तालिम संयोजक तथा भिटोफ पोखराका निर्वतमान अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । दुई दिनसम्म चल्ने तालिममा होमस्टेमा जाने पर्यटकहरुलाई गरिने व्यवहार हस्पिटालिटी, सुरक्षा, स्वास्थ्यको ख्याल, खानाका परिकार तथा व्यवस्थापन जस्ता आधारभूत विषयमा तालिम दिइने छ ।

नेपालमा २०५७ मा स्याङजाको सिरुवारीबाट सुरु भएको होमस्टेको अहिले देशका कुना कुनामा छाएको छ होमस्टेमा विदेशी मात्रै नभई आन्तरिक पर्यटकको समेत आकर्षण बढ्दै गएको छ नेपालमा सबैभन्दा बढी होमस्टे गण्डकी र धवलागिरि अञ्चलमा दर्ता भई सञ्चालन गरेको र कास्कीमा मात्र धेरै होम–स्टे दर्ता भई सञ्चालनमा आएका कारण यिनीहरूको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले ग्रामीण पर्यटन पवद्र्धन गर्न भिटोफले व्यवस्थापन तालिम शुरु गरेको प्रदेश नं ४ भिटोफका अध्यक्ष रविन्द्र राज पौडेलले वताए ।

ग्रामिण क्षेत्रका घरवास सञ्चालकहरुले यो तालिमबाट केही कुरा सिकेर आफ्नो व्ववस्थापनमा प्रयोग गरुन भन्ने उद्देश्यका काराण यो तालिम सञ्चालन गरेको यो अत्यान्तै फरक ढङ्गबाट सञ्चालन हुने कुरा नेपाल पर्यटन बोर्डका प्रमुख सुर्य थपलीयाले जानकारी दिए यो तालिममा सोसियल मिडियाको प्रयोगबाट कसरी होमस्टे सञ्चालन गर्ने कुरा पनि सिकाइने उनले थपे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*