May 16, 2021

पोखरा लेकसाइडमा डिजिटल तथ्याङक संकलन सुरु

रोहीत वस्नेत
पोखरा २७ वैशाख ः पर्यटकीय राजधानी पोखराको लेकसाइडमा भाडामा बस्नेहरु र घरधनीका परिवारहरुको तथ्याङक संकलन गर्न लागीएको छ । पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ६ ,सामुदायीक प्रहरी सेवा केन्द्र बैदाम, वडा प्रहरी कार्यालय बैदामको सयुक्त पहलमा डिजिटल रुपमा तथ्याङक संकलन गरेर कसको घरमा कती जना परिवारका सदस्य वस्ने गर्दछन, के काम गर्दछन् र भाडामा वस्नेहरु कती छन् तिनिहरुको काम इत्यादी कुराहरुको डिजिटल तथ्याङक संकलन गर्ने सामुदायीक प्रहरी केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

उक्त तथ्याङक संकलनको लागी सामुदायीक प्रहरी केन्द्र बैदामबाट १० र महानगरपालिका वडा नं. ६ बाट १० जना गरि २० जनाको टोलीले तथ्याङक संकलन गर्नेछन् । तथ्याङक संकलनको लागी लगभग १ महिना लाग्ने छ ।

व्यक्तिको सवै विवरण फोटो र हुलिया समेत राखेर तथ्याङक संकलन गर्न सकिने एप्स निर्माण गरेको सफ्टवयर बनाईएका निर्मल गुरुङले जानकारी दिदै यो मोवाइलबाट संकलन गर्न सकिने वताए ।

प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले यस्तो डिजिटल एप्सबाट थाहा हुँदाअपराधीको नजिक पुग्न प्रहरीलाई गाह्रो नहुने सजिलो सँग नियन्त्रणमा लिन सहयोग पुग्ने कुरा बताउँदै आफु कास्कीबाट सरुवा भए पनि सधै कास्कीका जनतालाई विर्सन नसक्ने तथा जहाँ गए पनि सधै नेपाली जनताको वफादार भई सधै अगाडी वढ्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका ६ का वडा अध्यक्ष जगत पहारीले यस वडामा कति घर परिवार वसोवास गर्दछन् कहाँबाट आएका हुन र के पेशामा आधारीत छन् भन्ने थाहा हुने वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*