May 15, 2021

पोखरामा श्रीलंकाका राजदुत लाई स्वागत

पोखरा २४ बैशाख  नेपालका लागि श्रीलंकाका महामहिम राजदुत MS.W. Swarnalatha Perera ले सुन्दर पर्यटकिय नगरी पोखरामा आफ्नो दोस्रो भ्रमण रहेको र पोखरा उद्योग वाणिज्य संघले दिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वोल्दै उंहाले नेपाल र श्रीलंका विच सांस्कृतिक, ऐतिहासिक र धार्मीक सम्वन्ध प्रगाढ रहेको र यो सम्वन्ध ६० वर्ष भन्दा पुरानो रहेको वताउनुभयो ।

नेपाली भिक्षुहरु श्रीलंकामा वुद्ध दर्शन अध्ययन गर्न आउने जानकारी गराउंदै विश्वकै ५५औं स्थानमा पर्ने श्रीलंका पर्यटन, धार्मिक, उच्च शिक्षा,स्वास्थ्य उपचारका लागि उपयुक्त स्थान रहेको हुंदा श्रीलंकामा भ्रमण तथा व्यवसाय लगानीका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले श्रीलंकाका महामहिम राजदुत MS.W. Swarnalatha Perera लाई पोखरामा स्वागत गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो ।

उहांले नेपाल र श्रीलंका विच रामायण कालदेखि सम्वन्ध रहंदै आएको चर्चा गर्दै नेपालकी छोरी सिताको भारतका युवराज राम संग भएको वैवाहिक सम्वन्ध र श्रीलंकाका महाराज रावणले सिताको अपहरण गरेको प्रसंग राख्नुभयो । अध्यक्ष पालिखेले भगवान वुद्धको जन्म, वुद्धत्व प्राप्ती र महापरिनिर्वाण प्राप्तीको दिन वुद्ध पुर्णिमालाई विश्व वुद्ध दिवसको रुपमा सूचिकृत गर्ने सम्वन्धमा आवश्यक पहल गर्न महामहिम राजदुतलाई आग्रह गर्नुभयो ।

संग सम्वन्धित अन्य स्थानका साथै नेपालका प्रमुख पर्यटकिय स्थलहरुको पनी भ्रमण गर्ने वातावरण श्रृजना गर्ने सम्वन्धमा आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नुभएको थियो ।

राजदुतले पर्यटन व्यावसायी सँग पनि छलफल गरीन

यता पोखराका पर्यटन व्यवसायी हरुले पनि राजदुतलाई स्वागत गरेका छन् उक्त स्वागत कार्यक्रमा राजदुतले पर्यटन विकासमा श्रीलङ्गा सधै जस्तो सुकै सहयोग गर्न तयार पनि रहेको कुरा बताएकी छन् ।

कार्यक्रममा नाटा पोखरा च्याप्टरका अध्यक्ष सन्तोष पोखरेलले दुई देश विचको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन आग्रह गर्दे भारतवाट लुम्वीनी आउने श्रीलंकाली पर्यटकलाई लुम्वीनी मात्रै नभई वुद्ध धर्मसंग सम्वन्धित अन्य स्थानका साथै नेपालका प्रमुख पर्यटकिय स्थलहरुको पनी भ्रमण गर्ने वातावरण श्रृजना गर्ने सम्वन्धमा आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*