May 12, 2021

नाट्टाद्धारा युवालाई गाइड तालिम

पोखरा २४ बैशाख ः नेपाल एशोसियन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा) पश्चिमाञ्चलले पोखराको पर्यटन प्रवद्र्धन र युवालाई रोजगार दिने उद्देश्यले ७२ घण्टे अर्थात १० दिने सिटि टुर्र तालिम आइतबारबाट शुरु गरेको छ ।

पोखरा आउने पर्यटक विना गाइड हिड्दा असुरक्षित हुनुका साथै पर्यटकीय स्थलका बारेमा समेत पर्याप्त जानकारी लिन नसकेको अवस्थालाई ध्यानमा राखी नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोग र नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा तालिमको आयोजना गरेको हो ।
१० दिने तालिममा पोखरा प्रमुख पर्यटकीय स्थल विन्ध्यवासिनी, सेती नदी, चमेरे गुफा, अन्तराष्टिय पर्वतीय संग्राहलय, क्षेत्रीय संग्राहलय, डेभिजफल, सराङकोट, भद्रकाली मन्दिर, माटेपानी गुम्बा, शान्ति स्तुपा लगायतका ठाउँहरुको स्थलगत अवलोकन गराई त्यस बारे जानकारी गराइने नाटाका पश्चिमाञ्चल महासचिव हरीराम अधिकारीले बताए ।

‘गाइडका अभावमा सुन्दर शहरको चिनारी ओझेलमा परेको छ ।’ कार्यक्रम संयोजक कमला गिरिले भनिन् ‘यसको प्रर्वद्धन र युवालाई रोजगार दिने उद्देश्यले सिटि टुर्र गाइड तालिमको आयोजना गरेका हौ ।’ उनले पर्यटकिय शहर पोखरामा लोकल सिटी टुर्र गाइडको अभावले पोखरा भित्रिने धेरै पर्यटक एक्ला एक्लै घुम्दा यहाँको भौगोलीक, प्राकृतिक, सामाजिक एवं सांस्कृतिक विषयबस्तुको बारेमा पर्यटकहरु जानकारी लिन नपाएको बताइन् ।

कार्यक्रममा पोखरालेखनाथ महानगरपालिकाका वडा नं ६ का अध्यक्ष जगत पहारीले तालिम प्राप्त गाइडबाट पर्यटकले पोखरा र आसपासको क्षेत्रका बारेमा अधिकतम जानाकारी लिन सक्ने धारणा राख्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । नाथमका कार्यकारी प्रमुख दुर्गादत्त ढकाल नाथमले पर्यटनलाई लक्षित गरेर युवा स्वरोजगार कार्यक्रम मार्फत तालिम प्रदान गर्दै आएको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदार नाथ शर्माले तालिमले युवाहरुलाई रोजगार प्रदान गर्ने र पोखराको भौगोलिक एवं प्राकृतिक सम्पदाको चिनारी विश्व सामु पुर्याउन भुमिका खेल्ने बताए । नाट्टाका पूर्व अध्यक्ष विष्णु भट्टराईले तालिमप्राप्त गाइडबाट पोखराको पर्यटन प्रर्वद्धन हुने विश्वास राखे ।

नाट्टाका पश्चिमाञ्चलका अध्यक्ष सन्तोष पोखरेलले पर्यटनका विविध पक्ष, धर्म, संस्कृति, भौगोलिक बनावट, आतिथ्यता सत्कार, प्राथमिक उपचार, प्राकृतिक एवं ऐतिहासिक सम्पदा, वातावरण, गाइडिङ्ग टेक्निक, कम्युनिकेशन एण्ड लिडरसिप स्कील लगायत विषयमा विषय विज्ञबाट सहजिकरण गरीने बताए ।
तालिममा पोखरा आसपासका कम्तिमा दश कक्षा उत्तिर्ण देखि स्नाकोत्तर सम्म अध्ययन गरेका पर्यटनको क्षेत्रमा रुचि भएका ४७ युवाहरुको सहभागिता रहेको जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*