May 8, 2021

पर्यटकीय नगरी पोखरामा सशस्त्रले चलायो निःशुल्क गाडी

पोखरा, २१ वैशाख यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक नचलेपछि सशस्त्रले निःशुल्क गाडी सुविधा उपलब्ध गराएको छ ।

सर्वसाधारणको हितका लागि पर्यटकीय नगरी पोखरामा सशस्त्रले गाडी सडकमा निकालेको हो । उक्त गाडीमा व्यानर नै टाँगेर रुटसहित ‘निःशुल्क बस सेवा’ लेखिएको छ ।

सरकार र यातायात व्यवसायीको रस्सीकस्सीका कारण निम्न वर्गीय सर्वसाधारण मारमा परेका हुन् । यातायात व्यवसायीको सिन्डिकेट तोड्न कडा रुपमा सरकार प्रस्तुत हुँदा व्यवसायी भने आफ्ना सवारीसाधन ग्यारेजमा धन्क्याएर सरकारलाई घुँडा टेकाउने दाउमा छन् ।  प्रदेश ४ मा करिब २५ हजार भन्दा बढी सार्वजनिक यातायातका साधन चल्दछन् ।

पृथ्वी राजमार्ग अन्तर्गतका गाडीहरु लामो रुटमा १ हजार ४ सय बस चल्छन् । पोखरा बस व्यवसायीअन्तर्गत नगर बस ४ सय वटा छन् भने भाडाका ट्याक्सी ५ हजार बढी गुड्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*