May 12, 2021

स्याङजाकी मेयर फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास

पोखरा,बैशाख २० – स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी छिन् । पोखरामा सञ्चालन भएको “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका विषयक गोष्ठीमा भाग लिन आएकी क्षेत्रीले फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी हुन् । आफु चढेको गाडी छेउमा राखेर हामफालेकी उनलाई एक विदेशीले पौडिएर बचाएका थिए ।

तालबाट निकालेपछि उद्धारमा रहेका व्यक्तिहरुले सम्झाइ बुझाइ गरेका थिए । उद्धारकर्ताहरुले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन् । अहिले उनको अवस्था सामान्य रहको र उनी स्याङजा फर्किएकी छिन् । श्रोतका अनुसार उनी १५ दिनअघि काठमाण्डौंमा डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*