May 12, 2021

विश्व मजदुर दिवस ः सिन्डिकेटका कारण यातायात मजदुर फाइदामा

१८ बैशाख आज १ सय २९ औं विश्व श्रमिक दिवस नेपालमा पनि विभिन्न विभिन्न मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाए । अखिल नेपाल ट्रेड युनियन महासंघ , नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस आदी मजदुर संगठनले  विभिन्न कार्यक्रम गरेका थिए । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मे १ तारीखका दिन मनाउने गरिन्छ ।

सिन्डिकेटका काराण यातायात मजदुरलाई धेरै फाइदा
आजभोली सवारीधनीले चालक तथा सहचालकलाई जुनसुकै बेला पनि हटाउन तथा निष्काशन गर्न सक्छन् यातायात संघसस्था अनिवार्य रुपमा कम्पनी रष्जिटारको कार्यालयमा दर्ता हुनुपर्ने कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएसँगै सवारीधनीले चालक, सहचालकलाई नियुक्त पत्र, प्रवन्धपत्र, कार्यविवरण लगायत प्रमाणपत्र उपलब्ध गराउनुपर्ने हुन्छ। दर्ता हुदाँ निश्चित प्रक्रिया पुरा गरेर मात्रै मजदुरलाई निकाल्न सकिनेछ । कम्पनीमा दर्ता भएसँगै श्रम ऐनले तोके बमोजिमको तलव तथा अन्य सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । यो सरकारले ल्याएको निर्देशिका यातायात मजदुरवर्गकै हितको पक्षमा देखिन्छ ।

यातायात विभागले चैत्र १८ गते यातायात व्यवस्थापन निर्देशिका २०६० लाई संशोधन गर्दै कम्पनी वा फर्म मार्फत पञ्जीकृत भएर आएका सवारी साधानलाई मात्र रुट दिने निर्णय गरी सरकारले सार्वजनिक यातायात क्षेत्रमा सवै खालको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको हो । सरकारको यस्तो निर्णयले देश भरीका ३०५ वटा यातायात समिति निष्क्रय भएका छन् ।

नया यातायात कम्पनीले रुट इजाजत लिन यातायात व्यवसायी संगठन सँग सिफारिस लिनु पर्ने व्यवसायी संघले रुट इजाजत पत्र झट्ट नदिने दिए पनि ४० , ५० हजार रुपैयासम्म लिने र फेरी उनिहरुको शर्त मान्न’ पर्ने यस्तो वाध्यताकारी व्यवस्था हटाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सिन्डिकेट गर्न नपाइने क’रा सवैलाई थाहा भएकै हो तर सार्वजनिक यातायातका संञचालकले टेढ पुच्छर लगाएनन् ।

सरकारले सामाजिक सरक्षा ऐन कार्यान्व्यनका लागी मजदुर कति छन् भन्ने डाटा माग्दा यातायात व्यवसायी समितिले दिन सकेन सरकारले संशोधन गरेको निर्देशिकामा कम्पनी दर्ता गर्दा कर्मचारीको नियुक्ती पत्र अनिवार्य रुपमा चाहिने नियम बनाएको छ । तेसले गर्दा मजदुरका समस्या सुल्झन सक्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*