May 16, 2021

पोखरा फेवा ताल र ताल बाराहि मन्दिर

टी. वि.सी.
पोखरा १५ बैशाख पोखरा ४ नम्बर प्रदेशको राजधानी, विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरा । अधिराज्यकै एक सुन्दर र सफा शहरको रुपमा पश्चिमी गन्तव्यको आभाष गराउने पोखरा ।।  त्यस माथि धार्मिक पर्यटकीय तीर्थस्थल तालबाराही मन्दिर ।।।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यही मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेका कारण तालबाराही हुन गएको विश्वास छ । यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । दैनिक ३ देखि ५ हजारसम्म देश विदेशका पर्यटक यहाँ दर्शनका लागि आउँछन् ।

डुंगा चढेर मन्दिरमा पुग्नु र पुजा गरेर फेरि डुंगामै फर्किनु आन्तरिक पर्यटकका लागि जुन अत्यन्तै मनमोहक हुने गर्छ ।

यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो । जम्मा तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा रहेको यस मन्दिरको संरक्षणमा तालबाराही मन्दिर संरक्षण गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको ताल वाराही मन्दिरका सल्लाहकार मित्रलाल पहारीले जानकारी दिए ।

फेवाताल नेपालको दोश्रो सवभन्दा ठूलो र गहिरो ताल हो । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य पनि देख्न सकिन्छ यसको क्षेत्रफल अन्दाजी ४ वर्गकिलोमिटर छ यसको लम्वाई ४ कि.मि. र चौडाइ बढीमा २ कि.मि. सम्म छ । यसको गहिराई ७५ फिट जति छ र समुद्री सतहबाट २५७७ फिट जति उचाइमा रहेको यसको सवैभन्दा चौडा भाग २ किलोमिटर र सांगुरो भाग १२० मिटर जति भएको तथ्यांकमा भए पनि फेवातालको जग्गा अहिले अतिक्रमण परेको कुरा महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ महालेखा परीक्षकको कार्यालयले पोखरामा रहेको फेवातालको जग्गा व्यक्तिको नाममा कायम गरिएको भन्दै अतिक्रमित जग्गा खारेज गर्न सम्बन्धित निकायलाई भनेको छ । फेवाताल नभए पर्यटनको व्यापार पनि ओझेल पर्न सक्छ ।

फेवाताललाई बर्षेनी कुरुप बनाउने जलकुम्भी झार स्थानीय पर्यटन ब्यवसायी, सुरक्षाकर्मीे, डुंगा ब्यवसायीले धेरै दिन लगाएर निकै कष्टका साथ जलकुम्भी झार फाल्दै आएका थिए भने अब जलकुम्भी झार हटाउने मेसीन पनि आएको छ उक्त मेसिनको प्रयोगले एक पटकमा करिव २ देखि साढे २ टन झार निकाल्न सकिने भएको छ ।

यता तालको जलयात्रा सुरक्षित नहुँदा आज सम्म धेरैले अकालमा ज्यान गुमाएका छन् । २०१८ सालमा डुंगा दुर्घनामा परी घास दाउरा गर्ने स्थानीय २० जनाले एकै चोटी ज्यान गुमाए थिए । २०४३ सालमा पनि पिकनिक खाएर फर्कदै गरेका १८ जनाले एकैचोटी ज्यान गुमाए थिए । २०६१ असोज १० गते डुंगा दुर्घटनामा ६ जना सुरक्षाकर्मीले ज्यान गुमाएकै हुन तेस्तै आज सम्म धेरैले तालमा डुवेर अकालमा ज्यान गुमाई सकेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*