
१४ बैशाख २०७५ टेकिङ्ग एजेन्सिज् एसोसियसन नेपाल (टान) क्षेत्रीय संघ पोखराले टेकिङ्ग मजदुरहरुको सामुहिक बिमा गरे बमोजिम सगरमाथा बिमा कम्पनी मार्फत चित्लाङ्ग गा.वि.स. वडा नं ५, धनकुटा स्थायी घर भई पोखरामा टेकिङ्ग गाईड गर्दै आएका ३२ बर्षिय स्व.अशोक राईकी धर्म पत्नी सन्तती राईलाइ एक कार्यक्रमका विच सगरमाथा विमा कम्पनीका पोखरा प्रमुख कविराज पौडेल तथा टान पोखराका अध्यक्ष दिपकराज अधिकारी द्धारा संयुक्तरुपमा विमा स्वरुप दश लाखको चेक हस्तान्तरण गरे ।
स्व. राई २०७४ पौष २८ गते ४ जना विशेसी पाहुनाहरुलाई लिएर राउण्ड अन्नपूर्ण अन्र्तगत पर्ने मनाङको थोरुङ हाई क्याम्प बाट लेक लागी फर्कने क्रममा मनाङको याकखर्कमा अचेत अवस्थामा भेटीएका राईलाई आकस्मिक उद्दार गरी पोखरा क्षेत्रीय अस्पतालमा ल्याईपुर्याएको केहि घन्टा पछि चिकित्सकहरुले निजलाई मृत घोषणा गरेका थिए मृत राईका एक श्रीमती र एक १२ वर्षका छोरो छन् ।

टान र टिम्स एक अर्काका परिपुरक भएको सधै नङ र मासुको जस्तो गहीरो सम्बन्ध रहेको र टानले टेकिङ्ग मजदुरहरुको सुरक्षाका लागी बिगत केही बर्ष देखि बिमा कम्पनीहरुसंग सम्झौता गरि सामुहिक सुरक्षा दुर्घटना बिमा गर्दै आईरहेको टान पोखराका अध्यक्ष दिपकराज अधिकारीले वताए मजदुरको हितका लागी नयाँ नयाँ रुटको खोजीमा टान सधै अगाडी बढीरहेको उनले थपे ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले शाहु र मजदुरको साइनो नङ र मासुको भन्दा नजिकको सम्बनध रहेको भन्दै टेकिङ्ग रुटमा रुचनामुलक प्रविधिको विकासका लागी सम्बन्धित निकाएसँग माग राख्नु पर्ने अति नै आवश्यक भएको वताए ।
युनिट्राभका केन्द्रिय महासचिब तुल्सी प्र सुबेदी टानका पूर्व अध्यक्ष सोम थापा, विमा कम्पनी पोखरा प्रमुख कविराव पौडेल लगायतले आ—आफ्ना कुरा राखेका थिए भने टानका सचिव सुशीलराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Leave a Reply