May 16, 2021

पोखरा पर्यटक वसपार्कमा ट्याक्सीको मनपरि अझै हटेन

रोहीत वस्नेत
१२ बैशाख २०७५  ः ट्याक्सी भन्न साथ मिटरमा चल्ने सार्वजनिक सवारी बुझिन्छ तर नेपालमा भने त्यस्तो सवारी बुझिन्छ, जहाँ गन्तव्य हेरेर भाडाको मोलमोलाइ हुन्छ र चालकलाई मनलाग्दो भाडा असुल्न छुट पनि छ । जहाँ चालकले मन लागेको ठाउँमा मात्र जान्छु भन्न पाउँछन् । भनेको समय ट्याक्सी नपाउनु र पाए पनि मिटरमा जान नमान्नु नेपालीको पुरानो रोग हो । अझ मिटरमा जाउँ भन्ने बित्तिकै कोहीले भने १० धार्नेको टाउको हल्लाउँदैै जान्थे हेर्नु न अर्को मान्छे कुरिरहेकोछु भन्ने त ट्याक्सी चालकको थेगो भैसकेको छ आजभोली ।

आज भन्दा केही दिन अगाडी यात्रुलाई मनपरि भाडा अशुलेको आरोपमा कास्की प्रहरीले ट्याक्सी चालक पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका ट्याक्सी ब्यवसायी सहमती पछी पोखरा भित्र मिटरमै चलाउने सहमती गरेका हुन ।

केही वर्षअगाडि क्षेत्रीय प्रशासनको निर्देशनमा प्रशासनकै सक्रियतामा केही समय पोखरामा मिटरमा ट्याक्सी नगुडेका पनि होइनन् । तर  निरन्तरको अनुगमनको अभाव र व्यवसायीको मिचाहा प्रवृतिकै कारण त्यसले निरन्तरता पाउन सकेन ।

प्रसंग ः  कामको सिलसिलामा म काठमाडौ गएर फर्कने क्रममा माईक्रोवस (हाइस) मा यात्रा गर्दा अलि बढि कुदाउने र चालक सहचालकको राम्रो व्यावहार नहुने भएको र म पहिला पर्यटक वसको अनुभव संगालेको नाताले पर्यटक वस हुँदै पोखरा फर्किए ।

फर्कनेक्रममा पर्यटक एसि वसको टीकट काटेको एसीको चिसो त पूरा यात्रामा जम्मा १ घण्टा मात्र चखायो त्यो पनि सबैले कराउन थालेपछि फेरी वाइफाई सर्भिस पनि लेखिएको थियो सहचालकसँग सोध्दा आज बिग्रिएको छ दाई भन्ने जवाफ आयो तर यात्रा रमाइलो नै भयो ।

साढे २ वजेतिर पर्यटक वसपार्क पोखरा राष्ट्रबैंकचोक पुगीयो वसवाट तल झर्दा लाइनसँग ट्याक्सीहरु देखिए । ट्याक्सीमा जान पर्ने भयो भनी यसो ट्याक्सी भए तिर मेरो पाइला लम्कीयो ।

ट्याक्सी वालासँग भने ।
यात्री म —  लेकसाईड जानुहुन्छ  ?
ट्याक्सी चालक  —  कति दिनुहुन्छ  ?
यात्री म  —  मिटरमा जाउँ  ?
ट्याक्सी चालक  —  सामान छ  ? उनले भने  ।
यात्री म  — ५ के.जि. को झोलाहोला
ट्याक्सी चालक  —  मिटरमा मिल्दैन, मिलाएर दिनुस् खास लेकसाइडको भाडा ५ सय हो ।

ट्याक्सी चालकको यस्तो कुरा सुने पछी यता उभिएर एकछिन रमिता हेरें विदेशी पर्यटकहरु केही नभनी ट्याक्सीमा वस्दै थिए भने नेपालीहरु मोलतोल गर्दे थिए । म मनमनै के पर्यटक वसपार्कका ट्याक्सीहरुलाई मिटरमा छुटहोला र  ?  भन्ने शब्द आफुलाई आफै प्रश्न गर्दे आफ्नो गन्तव्य सुरु गरे करिव २० मिनेटको पैदलयात्रा पछि मेरो गन्तव्य पुरा भयो ।

पर्यटकीय नगरी पोखरा र तेसमाथी पर्यटक वसपार्कमा कानुनको पालना नहुनु र अझै यात्रु लगाएत पर्यटक ठगिनु राम्रो सन्देश नभएको बुझिन्छ । हो ट्याक्सीहरु लगायत पर्यटक प्लेटका सवारी साधानहरु पनि मारमा नभएका होइनन् । लेकसाइडमा प्रत्येक पसलका अगाडी गौरीघाट, हल्लनचोक लगायत डिहीकोपाटनको सवै एरियामा मोटरसाइकलहरु भाडा पाइन्छन् । पोखरा बाहिर पर्मिट लिएका जिपहरु पनि यहि गुडेका पाइन्छन् । राता प्लेटका गाडीहरु पनि यहाँ भाडामा चल्छन् । काठमाडौबाट पोखरा चल्ने माईक्रोवसले यात्रीहरुलाई घरघर छोड्ने चलन पनि रहेछ । हो यस्तो अवैधानिक काममा प्रशासनको ध्यान पुगोस  जसले गर्दा पर्यटक सवारी साधान लगायत ट्याक्सीलाई थोरैभए पनि राहत होला की  ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*