May 15, 2021

तालबाराही मन्दिरका पुजारीहरुलाई लाइफ ज्याकेट

पोखराको लेकसाइड डोजाङ्गले फेवाताल विचमा रहेको तालबाराही मन्दिरका पुजारीहरुलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ ।

 एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायण प्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे । त्यसैगरि कुँवरले मन्दिरका लागि १ हजार भेटि सहयोग प्रदान गरे ।

पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा डोजाङ्ग परिवारलाई धन्यवाद ज्ञापन गरे । यसअघि आफुहरुसंग लाइफ ज्याकेट नभएका कारण कहिलेकाँहि बिना लाइफ ज्याकेट ताल वारपार गर्नुपरेको उनले सुनाए ।

कार्यक्रममा नेपाली काँग्रेस वडा  इकाइ सभापति बलराम गिरी, बाराही डुँगा घाटका संयोजक बत्तिप्रसाद गुरुङ्ग, फेवा डुँगा व्यवसायिक संघका सदस्य तारा विक लगायतले डोजाङ्गले खेलकुदसंगै विविध सामाजिक कार्यमा पनि उल्लेख्य योगदान भन्दै डोजाङ्गको चर्चा गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*