May 16, 2021

फेवातालमा डुंगा दौड

रोहीत वस्नेत
पोखरा, २९ चैत ः पर्यटन, संस्कृति र खाना आफ्नो मौलिक संस्कृतिको रक्षा,फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ पोखराको फेवा ताल किनार (केदारेश्वर) कोमागाने पार्कमा फेवा महोत्सव अन्तर्गत खुल्ला  डुंगा प्रतियोतिगामा समूह ए फेवा डुंगा व्यवसायी संगठनका जर्सी नम्वर ३ सजेस कसजु श्रेष्ठको टिम प्रथम स्थान हासिल गर्न सफल भयो ।

बाराहीघाट सी का पूर्ण मगरको टिम दोश्रो स्थानमा, बाराहीघाट ए दिपेश परियारको टिम तश्रो तथा फेवा डुंगा व्यवसायी संगठनका बि. सन्दिप को टिमले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

एक समुहमा तिन जनाको टिम रहेको उत्त खेल बाराही मन्दिरलाई १ फन्को मारी पुनः बसुन्धरा पार्कमा फर्केका थिए भने पहिलो स्थान हासिल गर्ने लाई १५ हजार, दोश्रो स्थान हासिल गर्नेलाई १० हजार, तेश्रो स्थान हासिल गर्नेलाई ५ हजार तथा सान्त्वना लाइ तिन हजार तथा प्रमाण पत्र संघका पूर्व अध्यक्ष गोविन्दराज पहारी, नारा पोखराका अध्यक्ष वीरेन्द्र लामा तथा संघका अध्यक्ष विकल तुलाचनले  वितरण गरका थिए ।

डुंगा दौडमा प्रतियोगिताका खेलकूद संयोजक समाजसेवी तिलक वहादुर अधिकारीले फेवाताल बचाउ तथा फेवातालको संरक्षण गर्ने सन्देश विश्वमा फैलाउने उद्देश्यका लागी यो खेल अत्यान्तै महत्वपूर्ण भएको जानकारी दिए । कार्यक्रम संघका महासचिव गणेशराज पहारीले संचालन गरेका थिए ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*