August 5, 2021

नो भेहिकल जोन लेकसाइड

तस्वीरः पोखरा पर्यटन समाचार

रोहीत वस्नेत
३ चैत्र २०७४ विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरा लेकसाइडको बाराहीचोकदेखि हल्लनचोकसम्मको क्षेत्र अव सवारी चल्ल नपाउने भएको छ ।

वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको सयुक्त पहलमा भएको सर्वदलीय भेलाबाट प्रत्येक शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति ११ बजेसम्म उक्त ठाउँमा सवारी आवागमन बन्द हुने भएको कुरा पर्यटन व्यवसायी तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का जनप्रतिनिधि वडा सदस्य हरी पहारीले जानकारी दिए । आज भन्दा पाँच बर्ष पहिला पनि लेकसाईडका केही क्षेत्रहरु नो भेहिकल जोन भएका थिए तर त्यो टिक्न सकेन यसपालि जसरी पनि कार्यान्वयनमा ल्याउँछौं उनले थपे ।

नो भहिकल जोन हप्तामा २ दिन तेही पनि साँझपख मात्र नभई यो क्षेत्रलाई सधै नै नो भेहिकल जोन भएमा तनावलाई मुक्त पार्न शान्त वातावरण खोजी गर्दै भौतारीएका पर्यटकहरुलाई शान्तसँग बस्नसक्ने वातावरण निर्माणका लागि पर्यटन प्रवर्द्धनमा यसले ठुलो भूमिका खेल्ने र पर्यटकका लागि जुन अत्यन्तै मनमोहक हुने केही पर्यटन व्यवसायीहरुको भनाई थियो । नो भहिकल जोनमा हल्लनचोक तिरबाट गएका सवारी पुनः तेही वाट फर्काउने र बाराहीचोक तिरबाट गएका सवारीलाई बाराहीचोक चौताराबाट घुमाई पुनः  उहीबाटो फर्काइने छ ।

तस्वीरः पोखरा पर्यटन समाचार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*