September 27, 2021

आज महानगरपालिकाको दोश्रो नगरसभा बस्दै

टुरिजम न्यूज

फागुन २८ पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबार बिहान एघार बजे पोखरा सभागृहमा बस्दैछ।

सभाको संपूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। नगरसभामा पोखरा लेखनाथ महानगरपालिकाको लागि आवश्यक पर्ने बिभिन्न ऐन, नीति, नियम, कार्यविधि, बिधेयक र निर्देशिका प्रस्तुत गरिने बताइएको छ।

नगरसभामा महानगरिय कृषि, कृषि बजार प्रबद्र्धन, सहकारी, कर्मचारी व्यवस्थापन र सार्वजनिक निजी तथा साझेदारी ऐन तथा महानगरिय कृषि नीति, पशु नीति, स्वास्थ्य नीति र सार्वजनिक तथा निजी साझेदारी नीतिमा छलफल गरिने बताइएको छ।

त्यसैगरी, नगरसभामा महानगरिय एफ.एम. रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि बिधायन समितिको कार्यबिधि तथा महानगरिय फोहरमैला व्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, बिज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति बिधेयक, महानगरपालिकाबाट गर्ने बजार अनुगमन निर्देशिका र उप–प्रमुखसंग महिला कार्यक्रम निर्देशिका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*