May 15, 2021

महिला पर्यटन व्यवसायी मञ्चको पदयात्रा

रोहीत वस्नेत

२४ फागुन २०७४ पोखरा
१०८ औं विश्व नारी दिवसको अवसरमा महिला पर्यटन व्यवसायी मञ्च (WOTEF)  द्धारा आयोजना गरीएको (एक दिने) पर्यटन प्रवद्र्घनात्मक पदयात्रा ठुलाकोट — वेगनास हाइकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । उक्त पदयात्रामा ५५ देखि ६० जना पर्यटन व्यवसायी महिलाहरु ,नेपाल पर्यटन बोर्डका प्रतिनिधि लगायत पर्यटन पत्रकार सहभागिता थिए ।

पोखरा लेखनाथ महानगरपालिका २८ को माझठानाको (ओख्ले) भन्ने ठाउँबाट सुरु गरीएको पदयात्रा देउमाणीबाट ६ वटा तालहरु रुपाताल, बेगनासताल, मैदीताल, दिपाङ्गताल, खास्टेताल र फेवातालको अवलोकन पछि करिव ३,४ घण्टा जंगल तथा रमाइला गाउँहरुको अवलोकन सँगै बेगनासतालमा पुगेर समापन भएको थियो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा भएको पदयात्राका सम्पूर्ण पदयात्रीहरुलाई पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा विदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले महिला पर्यटन व्यवसायी मञ्चले जोस जाँगरका साथ पर्यटकीय गन्त्व्यको  अवलोकन गर्न लागेकोमा खुसि व्यक्त गर्दै महिला पर्यटन व्यवसायी मञ्चको लागी पर्यटन वोर्डले सधै सहयोगको ढोका खोलेको जानकारी दिदै बधाइसमेत दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले चुलो चौकोमा सधै सिमित भएका महिलाहरु आज यसरी उदारणीय कार्यमा सहभागी भएकोमा खुसि व्यक्त गर्दै पदयात्राको शुभकामना तथा बधाई समेत दिएका थिए ।

महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष जमुना पराजुलीले पर्यटन महिलाहरु जोस जाँगरका साथ सधै पर्यटन विकासका कार्यमा अगाडी बढाइ रहने कुरा व्यक्त गर्दै पर्यटन बोर्डलाई धन्यवाद दिनु भयो भने महिला पर्यटन व्यवसायी मञ्चकी सचिव उमा रेग्मीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

 

 

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*