September 27, 2021

पोखरेली यात्रुले बिन्धवासीनी नगर बसको सहयोग पाए ।

रोहीत वस्नेत
२७ पुसः सर्वसाधारण सँग मनपरी भाडा लिएको व्यापक जनगुनासो बढेपछि मंलगवार पोखराका विभिन्न स्थानबाट सादा पोशाकका प्रहरीले यात्रु ठग्ने ट्याक्सी चालकलाई पक्राउ गरी कारवाही अगाडी बढाएको बिरोधमा विहीवार ट्याक्सीहरुको समर्थनमा यातायात व्यवासायीले नगरवस लगायत भाडाका गाडीहरु नचलाएपछि यात्रुहरुले ठुलो सास्ती खेप्नुपरेको बेला उता बिन्धवासीनी नामक नगर वसले यात्रुको गन्तव्यलाई पुरा गरी यात्रुको मन जित्न सफल भएको थियो भने उक्त नगर वसले न्यूरोड,सभागृहचोक,पृथ्वीचोक छोरेपाटन, लेकसाइड, बगर लगाएत सम्पूर्ण ठाउँमा सेवा दिएको प्रत्यक्ष देखिन्थ्यो।

बुधवार पनि हजारौ यात्रुले सास्ती भोग्नु परेको थियो अत्यावश्यक सेवा एम्वुलेन्स,दमकल समेत छिर्न नपाउने गरी सडकको चारै तिर ट्याक्सी अलपत्र छोडी लाखापाखा लागेका थिए ट्याक्सी चालकहरु पछी कास्की प्रहरी प्रमुख अशोक ंिसहको आफ्नै नेतृत्वमा सडक खुला गरीएको थियो विगत केही वर्ष पूर्व क्षेत्रीय प्रसासनको निर्देशनमा ट्याक्सी मिटरमा सञ्चालन भए पनि पछिल्लो समय लागु हुन सकेको थिएन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पहिला ट्याक्सी मिटरमा संञ्चालन गरेपछि अरु माग पछि राख्न आग्रह गरेका छन् यसमा कसैले अटेर गरे
वाध्य भई कानुनको दायरामा आउनु पर्ने जानकारी दिए ।

यता पोखराको पर्यटक वसपार्कमा सधै लाइनमा वस्ने ट्याक्सी आन्दोलित भएपछि  पर्यटक वसपार्कमा पर्यटक नम्वर प्लेटका सवासी सधानले पर्यटक वोक्न तछाड मछाड गरेका थिए जम्वो हाइस, कार, जिवको ठुलो लर्को थियो भने पर्यटक वसपार्कमा पर्यटक नम्वरका सवारी साधानलाई हेर्दा छुट्टै रौनक छाएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*