May 8, 2021

(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले व्यवसायीलाई इमार्केटिङ तालिम

पोखरा, २५ पुस /ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा स्थापनाको २५ वर्षको अवसरमा विभिन्न कार्यकमहरु गरेर रजत बर्ष सफल मनाइ रहेको छ । सदस्यहरुको व्यवसायीक सीप, दक्षता अभिबृद्धि गर्ने उद्देश्यले टान पश्चिमाञ्चल क्षेत्रीय संघले दुई दिने इमार्केटिङ तालिम सम्पन्न गरेको छ ।

कार्यक्रमको समापन गर्दै गर्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपकराज अधिकारीले टान पोखराका सदस्यहरुको व्यबसायिक सीप अभिबृद्वि गर्नका लागि तालिमहरु उपयोगी हुने बताए । आवश्यकता अनुसार भबिष्यमा पनि अन्य तालिमका कार्यक्रमहरु संचालन गरिने बताए ।

कार्यक्रममा कार्यक्रम संयोजक मिलन तिवारीले विश्ब ग्लोवलाई जेशन हुदै जाँदा पयटन व्यवसायमा पनि निकै परिबर्तन हुदै आएको बताए । उनले पर्यटकहरुले आफुले घुम्ने क्षेत्र र कार्यक्रमहरु सबै घुम्न जानु अगाडी ईन्टनेटबाट सम्पुर्ण प्याकेज बुक गरी सकेपछि मात्र आफनो कार्यक्रमहरु अगाडी बढाउने गरेका कारण पर्यटन व्यबसायीहरुले प्याकेजहरु इन्टनेट मार्फत वेभसाइटहरुमा अपडेट गर्ने, नयाँ प्रोग्रामहरु राख्ने र गुगलसर्चमा आफनो कम्पनीको वेभसाईड अगाडी ल्याउने कुरामा ध्यान दिनु पर्ने बताए ।

तालिम ओसन वेव टेक्नोलोजीका वेवडेभलपर सन्तोष राबत क्षेत्रीले प्रदान गरेका थिए । समापन कार्यक्रमको संचालन संस्थाका सहसचिब धर्मराज पन्थीले गरेका थिए भने तालिममा ५५ जना टे«किङ व्यबसायिहरुको सहभागीता जनाएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*