May 12, 2021

सडक महोत्सबमा ४० हजार पर्यटकको भिड ।

रोहित वस्नेत

पौष १६  अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा यति बेला आन्तरीक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सवमले पोखे्रली तथा आन्तरीक पर्यटक लाई लेकसाइडतर्फ आकर्षित गरेको छ ।

पुसको चिसो मौसम पनि दर्शकको घुँईचोको कारण एक किसिमको गर्मी सृजना भएको छ पोखराको लेकसाईडको करिव साढे तिन किलोमिटरको सडक र सडकमा रहेका रेष्टुरेण्टका बिभिन्न परिकार सँगै झिलिमिली बत्तीको कारण लेकसाइड अहिले बेहुली सिगारएिको घर जस्तै देखिएको छ । लेकसाइडमा आन्तरीक पर्यटक सँगै छिमेकी मुलुक भारतका विभिन्न ठाउँका पर्यटकहरु यतिवेला लेकसाइडको रमझममा रमाइरहेका छन् ।

भारतको इलाहावाद बाट आएका पर्यटकले भने म नेपालमा यो नयाँ बर्षको अवसरमा अहिले सम्म ३ पटक आइसकें यति बेला भारतको मुम्वइ, चेन्नई र गोवामा पनि नयाँ बर्षको ठुलो मेला लाग्ने गर्छ ति ठाउँहरुको तुलनामा पोखराको सडक महोत्सव भिन्दै प्रकारको नेपालको आफ्नोपन नेपाली संस्कृति रितीरिवाज झल्कने खालका विभिन्न कार्याक्रमले लोभाएको वताए ।

अहिले पोखराका बिभिन्न पर्यटक होटलहरुमा करिव ४० देखि ४२ हजार पर्यटकहरु रात विताइरहेका छन् । सडक महोत्सवको अवसर पारी होटल व्यवसायीले यस वेला तेव्बर देखि पाँच गुणासम्म कोठाको बढी मुल्य लिएको हेटौडाबाट आएका आन्तरीक पर्यटक दिपक थापाले गुनासो गरे २ रात बसेको समान्य होटलमा १४ हजार तिर्नु पर्ने नत्र कोठा नपाइएको उनले थपे । यता भने ब्याबसायीले चर्को मुल्य लिएमा कारवाही गर्नु पर्ने पोखराका पर्यटन व्यवसायिहरु बताउछन ।

आज नयाँ वर्षको स्वागतमा पोखरा लेकसाइड मध्यरात सम्म झलमल हुनेछ । नयाँ वर्षको स्वागतको लागि नबिन के भट्टराई, तृष्णा गुरुङ्गको प्रस्तुतीले नयाँ बर्ष भित्राउनेछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*