
अंग्रेजी नयाँ बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको १९ औं सडक महोत्सब सुरु भएको छ । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा विहिवारदेखि सुरु भएको महोत्सब पाँच दिन सम्म चल्नेछ ।
‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजित महोत्सबको प्रतिनिधि सभाका नव निर्वाचित सांसद रबिन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । महोत्सव पोखराको खहरे चोकबाट महोत्सव स्थलसम्म झाँकीसहितको र्याली निकालिएको थियो ।
र्यालीमा सहभागी भएका झाँकी मध्ये पुन समाज पोखरा प्रथम, दुधपोखरी तमु समाज द्वितीय, तमु प्ये ल्हुँ संघ पोखरा तृतीय तथा फेवा डुंगा ब्यबसायी समितिले सान्त्वना स्थान प्राप्त गरे ।
महोत्सव पोखराको सहीदचोकदेखी खहरे–डिहिकोपाटनसम्मको करीब ४ किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ ।
Leave a Reply