May 8, 2021

होटलजिक्स नामक सफ्टवयर सम्बन्धी प्रवद्र्धन कार्यक्रम पोखरामा

पोखरा, पुस । होटल प्रतिष्ठानहरुलाई लक्षित गरी गोल्छा अर्गनाइजेसन हस्पिटालिटी सिस्टम प्रालिले अगाडि सारेको होटलजिक्स नामक सफ्टवयर सम्बन्धी प्रवद्र्धन कार्यक्रम आइतबार पोखरामा आयोजना गरिएको छ ।

सानो स्तरका होटल देखि तारे होटल सम्मले प्रयोग गर्न सक्ने यो सफ्टवयरले प्रतिस्ठानको प्रोपर्टी म्यानेजमेण्ट सिस्टम (पीएमए) लाई सघाउने कार्यक्रममा जानकारी दिइएको थियो । सो अवसरमा बोल्दै होटलजिक्सका बरिष्ठ उपाध्यक्ष शिवप्रसाद गंगाधरनले प्रविधिलाई अंगाल्दै होटल क्षेत्रले आफ्नो व्यवस्थापनलाई चुस्त बनाउन उक्त सफ्टवयरले सघाउने कार्यक्रममा बताएका थिए ।

होटलको बुकिङ अवस्था, आम्दानीको अवस्था, होटलले प्रयोग गर्ने सामानहरुको अवस्थिति र तिनिहरुको स्टक देखि अन्य थुप्रै जानकारी उक्त सफ्टवयरले प्रदान गर्ने उनले सुनाए । यसैगरी कार्यक्रममा आईटी नेपालका तर्फबाट पनि आफ्नो प्रस्तुती राखिएको थियो ।

सो अवसरमा होटल क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरु, संचालहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । होटल क्षेत्रलाई प्रविधि मैत्री बनाउन र होटलका संचालक तथा प्रतिनिधिहरुलाई प्रविधिबारे जानकारी दिन पश्चिमाञ्चल होटल संघ पोखरासँगको सहकार्यमा उक्त कार्यक्रम अयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*