May 15, 2021

विन्ध्यबासिनी मन्दिर जानेलिफ्ट बनाउने लक्ष्मी ग्रुपको सम्झौता

तस्विर ः सुरेन्द्र पौडेल

पोखरा ५ पुस । लक्ष्मी ग्रुपले पोखराको धार्मिक स्थल विन्ध्यावासिनी मन्दिरमा लिफ्ट बनाउने घोषणा गरेको छ । ४४ औं वार्षिकोत्सव मनाउने क्रममा बुधवार लक्ष्मी ग्रुप र विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति विच लिफ्ट बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा लक्ष्मी ग्रपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पबित्र राज रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ८० लाख रुपैयाँ लगानीमा ग्रुपले लिफ्ट बनाउनेछ । मन्दिर दर्शनमा जाने बृद्धबृद्धा तथा अशक्तलाई लिफ्ट निर्माणपछि सहज हुनेछ ।

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरेली युवा साँस्कृृतिक परिवारलाई २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले परिवारका अध्यक्ष दीपक समीपलाई चेक हस्तान्तरण गरेका हुन् ।

२०३० सालमा ५ किलो चिनीबाट मिठाइ बनाउन सुरु गरेको लक्ष्मी ग्रुप अन्तर्गत अहिले १० वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । ग्रुपमा १ हजार ६ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको श्रेष्ठले बताए ।

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरामा ४ जना कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारीहरु प्रलादभक्त कायस्थ, टीकाराम बस्ताकोटी, सुकदेव गिरी र भुवन आचार्यलाई सम्मान गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा ग्रुपले कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम समेत गरेको छ । उक्त अवसरमा १ सय ७ जनाले रक्तदान गरेका छन् । विभिन्न कार्यक्रम गरी समूहले काठमाडौंमा पनि वार्षिकोत्सव मनाएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*