May 8, 2021

खोसियो सगरमाथा आरोहीको विश्व रेकर्ड

सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पागेलु शेर्पाको कायम गरेको  छ ।

न्यायाधीशद्वय चोलेन्द्रशमशेर जवरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार पेम्बादोर्जी शेर्पाको दाबी झुठो ठहर गर्दै लाक्पा गेलुको विश्व रेकर्डलाई कायम गरेको हो ।

९ जेठ ०६० मा पेम्पादोर्जीले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । तर, तीन दिन नबित्दै लाक्पा गेलुले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाए । अर्को वर्ष ८ जेठ ०६१ मा पेम्बादोर्जीले ८ घण्टा १० मिनेटमा आरोहण गरेर आफ्नै कीर्तिमान बनाएको दाबी पेश गरेका थिए । जसलाई सर्वोच्चले झुठो ठहर गर्दै लाक्पागेलुलाई विश्व कीर्तिमानी भएको ठहर गरेको राजधानी दैनिकमा  समाचारमा उल्लेख छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*