September 23, 2021

हुम्लामा तारा एयरको विमान दुर्घटना पाइलटसहित १६ जना घाइते

१२ मंसिर, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित १६ जना घाइते भएका छन् । विमान क्याप्टेन बसन्त लामा, को-पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको बताइएको छ । घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*