
रोहीत वस्नेत
२ मंसिर २०७४ः “हप्तामा एक घण्टा, राष्ट्रका लागी स्यवंसेवा’’ भन्ने मूल नारा बोकी पर्यटनको राजधानी पोखराको फिर्के—बुलौंदीखोला सफाई अभियान २०७३ जेठ २२ गते बाट सुरु गरी आज ७७औं हप्ता पुरा गरी फेवाताल किनारमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।
पोखरालाई माया गर्ने सचेत नागरीकका हैसियतले आफ्नो क्षमता अनुसार अब त केही गर्नुपर्छ भन्ने अठोट गर्दै फेवाताल संरक्षणका लागी खहरे आमा समुह र नागरीक समाजको अगुवाईमा आज फेवाताल किनार सफाई आयोजना गरीएको हो ।
चार वटै सुरक्षा निकाय, विभिन्न संघ सस्था,विधालय, टोल विकास संस्था, आमा समुह, बिभिन्न सामाजिक संघ सस्था,पोखराबासी आमावुवा, दाजुभाई, दिदीबहिनीको सक्रिय उपस्थिति सहित सहयोग प्राप्त भएको थियो ।
स्मरण रहोस् यस अघि फिर्के—बलौंदीखोला वृहत सफाई अभियान १८औं हप्तामा फेवाताल किनार पुगेपछि पोखरा लेखनाथ महानगरपालिकाका सबै वडामा सफाई गर्ने गरी १९औं हप्ताबाट पोखरा उपत्याका वृहत सफाई अभियानमा रुपान्तरित भएको थियो । आजको सरसफाई अभियानमा धेरै फोहरमैला संकलन भएको पोखरा उपत्यका बृहत सफाई अभियानका अगुवाहरुले बताए ।पोखराका बिभिन्न संघ, संस्था, बिधार्थी, आमासमुह लगायत पोखरेलीहरुको ठुलो सहभातिता भएको थियो ।
उक्त सफाइ अधियान लगतै राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, नागरीक समाज पोखरा तथा सामुदायिक प्रहरी केन्द्र बैदामको आयोजनामा (प्रदेश सभा सदस्य निर्वाचन)को निर्वाचन मतदान शिक्षा तथा नमुना मतदान कार्यक्रम पनि सम्पन्न गर्दै क्षेत्रिय निर्वाचन कार्यालय पोखराले सहयोग गरेको थियो ।
Leave a Reply