September 26, 2021

पोखरा घुम्न आएका व्यक्तिको लेकसाईड प्यालेस भ्यु होटलमा मृत्यु

काठमाण्डौबाट पोखरा घुम्न भनि आएका एक व्यक्तिको बेहोसीका कारण मृत्यु भएको छ ।

काभ्रे स्थायी घर भई काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने २३ बर्षिय सागर लामाको आइतबार बिहान बेहोसीका कारण मृत्यु भएको प्रहरीले जनाएको हो  ।

पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड स्थित प्यालेस भ्यु होटलमा बेलुका खाना खाएर सुतेका लामा बिहान अबेर सम्म  नउठेपछि उपचारको लागी  फेवासिटि अस्पतालमा लगिएको बताइएको छ ।  लामालाई चेकजाँच गर्ने क्रममा  विहान ८ : २५ बजे अस्पतालले  मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ  ।

लामा ८ जना साथिहरुसंग यहि शुक्रबार काठमाण्डौबाट पोखरा घुम्न भनि आएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*