
९ कात्तिक, नेपालको श्रमबजारमा पर्यटन र सूचना प्रविधि क्षेत्रमा कामदार टिकाउनै गाह्रो हुने गरेको एक अध्ययनले देखाएको छ ।
सर्पोटिङ इकोनोमिक ट्रान्सफमेसन कार्यक्रमको लागि श्रम बजार सर्वेक्षण अन्तरगत गरिएको चार क्षेत्रको नमुना अध्ययनले यस्तो देखाएको हो ।
‘पर्यटन, सूचना प्रविधि र विद्युतीय सामाग्री उत्पादनका क्षेत्रमा कामदार टिकाउन निकै गाह्रो पर्ने देखिएको छ,’ अध्ययनको निश्कर्ष छ, ‘मुलतः कामदारहरु विदेशीने, अर्को संस्थामा जाने वा आफ्नै व्यवसाय सुरु गर्ने परिपाटीले पनि यस्तो समस्या देखिएको हो ।’
चार क्षेत्रमध्ये सुचना प्रविधि र पर्यटनमा सबैभन्दा राम्रो पारिश्रमिक रहेको छ । पारिश्रमिकमा वृद्धिदर पनि उच्च छ । विद्युतीय सामाग्री उत्पादन र कृषि अन्तर्गत प्रशोधन क्षेत्रमा काम गर्नेहरुको पारिश्रमिक राज्यले तोकेको आसपासमा नै रहने गरेको देखिएको छ भने सूचना तथा प्रविधिमा भने उच्च छ ।
पयर्टन क्षेत्रमा मासिक न्युनत्तम १५ हजार देखि अधिकत्तम ५० हजार रुपैयाँ, सूचना प्रविधिमा करिब २२ हजारदेखि १ लाख ३५ हजार रुपैयाँ, विद्युतीय सामाग्री उत्पादन क्षेत्रमा न्युनत्तम १३ हजार ७ सय ५० देखि ४० हजार ५ सय रुपैयाँसम्म पारिश्रमिक रहेको अध्ययनमा भेटिएको थियो ।
त्यस्तै, पर्यटनमा पारिश्रमिक वृद्धिदर बार्षिक १० देखि ३० प्रतिशत, सूचना प्रविधिमा वृद्धिदर १० देखि २० प्रतिशत र बाँकी दुई क्षेत्रमा भने मूल्य वृद्धिदर अनुसार समान गराउने आधारमा न्युन वृद्धि हुने गरेको छ ।
रोगजारी क्षेत्रमा सुरुमा अदक्ष वा अर्धदक्ष कामदार प्रवेश गर्ने र संस्थाले नै त्यस्ता कामदारलाई दक्ष बनाएपछि भने उनीहरुमा संस्था छाड्ने चलन बढि रहने देखिएको छ ।
रोजगारीको क्षेत्रगत रुपान्तरणमा समस्या
अध्ययन सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले नेपालमा रोजगारीमा समस्या हुनुमा बिभिन्न पक्ष जिम्मेवार रहेको औल्याएका छन् ।
‘विश्वमा कृषि, औद्योगिक हुँदै सेवा क्षेत्रको विस्तार भएको छ, तर नेपालमा क्रमिक बिकास भएन’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भने । पछिल्लो समय क्षेत्रगत रुपान्तरण (सेक्टरल सिफ्टिङ) ले सेवा क्षेत्रलाई अगाडी बढाएको भएपनि यो क्षेत्रमा दक्ष कामदारको अभाव देखिएको वाग्लेको भनाई छ ।
पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा कृषिको योग्दान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत योगदान योगदान ३४ प्रतिशतमा सिमित भएको छ भने हाल यस्तो योगदान २९ प्रतिशत बराबर रहेको छ । विगत २० वर्षमा उद्योग क्षेत्रको योगदान १० बाट घटेर ५.६७ प्रतिशत र
हेको छ । तर, विगत १० वर्षमा सेवा क्षेत्रको योगदान औसतमा ५१ प्रतिशत रहेकोमा हाल यस्तो योगदान लगभग ५६ प्रतिशत छ ।
अथृविद केशव आचार्यले भने रोजगार सम्वन्धि तथ्यांकमा रहेको समस्याले पनि रोजगारी सृजनामा समस्या रहेको उल्लेख गरे ।
‘एक दशक यता नेपालमा बेरोजगारीको दर २ प्रतिशत रहेको मानिदै आएको छ । अप्रत्यक्ष रोजगारीलाई तथ्यांकमा लिइएको त छ तर यसमा कस्तो अवस्था छ भने उजागर भएको छैन्,’ आचार्यले भने । तथ्यांक अभावले रोगजार सृजना गर्न चहानेलाई समस्या हुने गरेको उनी बताउछन् ।
कार्यक्रममा वक्ताहरुले सामाजिक सुरक्षा नीति र नयाँ श्रम नीतिलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा पनि जोड दिए । नेपालमा पछिल्लो समय विद्युत आपुर्ती, युनियन आन्दोलन जस्ता समस्या समाधान भइरहेपनि राजनीतिक स्थिरता र सञ्जालीकरणका पुर्वाधारमा भने निकै काम गर्न बाँकी रहेको छ ।
Leave a Reply