May 15, 2021

नेपाल पत्रकार महासंघ कास्कीलाई पत्रकार राजु भण्डारीद्धारा प्रोजेक्टर सहयोग

पोखरा,२२भदौ
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष राजु भण्डारीले महासंघ कास्की शाखालाई विहीवार एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

भण्डारीकै नाममा महासंघमा रहेको एउटा कक्षलाई अहिले तालिम कक्षको रुपमा प्रयोग गरिएको छ । महासंघको भवन निर्माणमा तीन लाख रुपैयाँ सहयोग गरेका भण्डारीले तालिम कक्षको लागि आवश्यक प्रोजेक्टर महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

पत्रकार भण्डारीले आफुले सकेसम्म आफ्नै घरको रुपमा रहेको पत्रकार महासंघलाई सदैव सहयोग गर्न तयार रहेको भनाई राखे । महासंघका अध्यक्ष श्रेष्ठले भण्डारीको सहयोगको प्रशंसा गर्दै महासंघलाई पूर्वाधारयुक्त वनाउन सवैले आआफ्नो ठाउँवाट सक्दो सहयोग गर्न आग्रह गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*