September 26, 2021

ट्रेकिङ एजेन्सी (टान)ले सात दीनको(राउण्ड फेवा) ट्रेक संचालनमा ल्याउने अन्तिम तयारी

ट्रेकिङ एजेन्सी एसोशिएन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपक अधिकारीले पर्यटकहरुको बसाई लम्वाउन पनि पोखरा आसपास क्षेत्रमा नयाँ रुटको खोजि गर्नुपर्ने बताए ।

विश्वकै उत्कृष्ट मध्यमा पर्ने पदमार्ग अन्नपुर्ण वेस क्याम्प, माछापुछ्रे मोडल ट्रेक, मर्दी हिमाल मोडल ट्रेक, पुल हिल लगायतका पदमार्गको कच्ची सडकले धुलाम्मे र केहि पदमार्गको दुरी छोटिएकोले व्यवसायिहरुले नयाँ पदमार्गको खोजिमा रहेका छन ।

     पछिल्लो क्रममा आन्तरिक पर्यटकहरुको समेत पदमार्गमा जाने गरेकोले गर्दा पनि नयाँ पदमार्ग खोजि गर्न आवश्यक भएको उनले बताए । टान पश्चिमाञ्चल क्षेत्रिय संघले आउदै गरेको पर्यटनकोे सिजन कार्तिक-मंसिरबाट नयाँ ट्रेकिङ रुट संचालनमा ल्याउने भएको नयाँ पदमार्ग खोज अनुसन्धान व्यबस्थापन प्रचार संयोजक विश्वराज अधिकारीले बताए ।

पोखराको ड्यामसाईडबाट सुरु हुने उक्त पदमार्ग विश्व शान्ति स्तुपः कालाभाङघडेरी होमस्टे हुदै पन्चासे, कास्कीकोट सराङकोट क्षेत्रलाई समेट्दै पोखरासम्मको करिब ६ दिनको नयाँ पदमार्र्ग संचालनमा ल्याउने अन्तिम तयारी भएको संयोजक अधिकारीले बताए । एक दिन कालाभाङ घडेरीको होमस्टेमा वास बसेसंगै दोश्रो दिनमा पन्चासे भन्झ्याङमा वास बस्ने तेश्रो दिनमा पन्चासे डाँडामा पुगेर जैविक विविधताको बारेमा जानकारी लिन सकिने भएको उनले जनाए । चौथो दिनमा पाउदुर हुदै कास्कीकोटामा वास बस्ने, पाँचौं दिनमा सराङकोटमा बास बसेसंगै भोलि पल्ट छैटौ दिनमा पोखरा पुनः फर्किने गरी ६ दिनको नयाँ पदमार्गको लागि आवश्यक पुर्वाधार तयार गर्न लागेको संयोजक अधिकारीले बताए ।

ग्रामिण पर्यटनलाई प्रबद्र्धन गर्ने उद्धेश्यले नयाँ पदमार्गको खोजि गरिएकोले अधिकाशं पदमार्गमा होम स्टेहरु संचालन भएकोले गर्दा होम स्टे संचालकहरुलाई थप तालिम, ट्रेकिङ रुटमा नक्साङकन सहितको साईड वोर्डहरु राख्ने तयारी भएको अधिकारीले बताए । उक्त रुटमा विभिन्न जातिको बसोबास गर्ने भएकोले गर्दा पर्यटकहरुले विभिन्न कला संस्कृति देख्न पाउने भएको संयोजक अधिकारीले जनाए । उनले हरियो वन जंगल, जडिवुटि, अन्नपुर्ण हिमश्रृखला सहितको दृश्य समेत उक्त रुटबाट अवलोकन गर्न सकिने भएको उनले जनाए । पन्चासे डाँडा धार्मिक हिसावले समेत महत्वपुर्ण भएकोले गर्दा धार्मिक पर्यटनको पनि उतिकै सम्भावना भएको अधिकारीले जनाए । उक्त रुट करिब ५० किलोमिटर रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*