May 12, 2021

तेस्रो सराङकोट पर्यटन महोत्सव शुरु ः भाद्र १६ देखि २५ गतेसम्म

१६ भाद्र २०७४  समुन्द्री सहतहदेखि १६०० मिटरको उचाईसम्मको सराङकोट दशदिने भदो १६ देखि २५ गतेसम्म सिंगो वडामा महोत्सव चल्ने छ ।  विभिन्न सास्कृतिक तथा मनोरन्जनात्मक गतिविधिले पर्यटनमा नयाँ आयाम थपिने विश्वास महोत्सव आयोजकले लिएका छन् । साहसिक पर्यटन प्याराग्लाइडिङको विश्वकै उत्कृष्ठ गन्तव्य रुपमा परिचित सराङकोटलाई अब ऐतिहासिक तथा धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजना आयोजकले बनाएका छन् ।

सराङकोट महोत्सव एक दशकपछि व्यँुतिएको हो । २०६४ सालमा दोस्रो सराङकोट महोत्सव आयोजनापछि रोकिएको थियो । पर्यटकीयसँगै सिंगो सराङकोटको परिचय दिने उद्देश्य महोत्सवले बोकेको महोत्सव मुल आयोजक समितिका सचिव शुशिल जिसीले बताए । ‘सराङकोट आफैंमा पर्यटकीय गन्तव्य हो । अब ऐतिकाहिक र धार्मिक गन्तव्य बनाउने अभियानमा छौै ।’ उनले पत्रकार सम्मेलनमा भने—‘त्यसको लागि सराङकोटको ऐतिहासिक बस्तुस्थितिको बारेमा जानकारी दिने छौं ।’

सबैभन्दा उचाईमा कोट छ । आयोजकको दावी अनुसार जहाँ खानेपानीको ऐतिहासिक कुवा छ । कुवाँ संरक्षण गर्दै शाह बंशको समयमा खेलिने ऐतिहासिक खेल ‘सराङ’(एक हातमा खुकुरी र अर्को हातमा ढाल लिएर एकले अर्को माथि आक्रमण गर्दै खेलिने ) प्रदर्शन गरिने छ । क्षत्री समूदायले सराङ खेल्ने गर्छन् । जुन लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

साहसिक प्याराग्लाइडिङ, जिप फ्लाएर तथा बन्जीजम्पले पनि सराङकोटको पर्यटन परिचयलाई अझ गाढा बनाईदिएको छ । धार्मिक क्षेत्रको रुपमा विकास गर्न शिवमूर्ति स्थापना गर्ने लक्ष्य छ । अघिल्ला दुई संस्करणका महोत्सवमा आन्तरिक पर्यटकको उपस्थिति निकै भरिलो थियो । वर्षायाम भएपनि ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य आयोजक समितिले लिएको छ । विभिन्न जातजातिको झाँकी प्रदर्शनी, टुना टपरी गाँस्ने प्रतियोगिता, रत्यौली गीत, सामूहिक नृत्यले मनोरन्जन प्रदान गर्ने छ । महोत्सवमा ६० स्टल राखिने छ । महोत्सवलाई गोर्खा ब्रुअरीको टुबोर्ग वियर र अन्नपूर्ण केवलकार प्रा.लिले मुख्य प्रायोजन गरेका छन् । जयलक्ष्मी निर्माण सामाग्री सप्लायस, ऊँ अनिल सप्लायर्स तथा हाइग्राउण्ड एडभेन्चरस प्रालिले सह प्रायोजन गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*