September 23, 2021

होम स्टेका पिताको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा । होम स्टेका पिता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ)द्धारा स्थापित स्व. क्या. रुद्रमान गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने भएको छ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० प्रदेश नं. ४ ले पहिलो पटक प्रदान गर्न लागेको स्व. क्या. रुद्रमान गुरुङ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्न वरिष्ट पत्रकार अमृत भादगाउँले संयोजक रहेको पुरस्कार छनौट समिति गठन गरेको छ । सो समितिको सदस्यमा नेपाल पर्यटन बोर्ड कास्कीका वरिष्ट अधिकृत सूर्य थपलिया र भिटोफ प्रदेश नं. ४ का उपाध्यक्ष राजेश पहारी सदस्य रहेका छन् ।

भिटोफका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सोमबार वसेको बैठकले सो निणर्य गरेको हो । स्व. क्या. रुद्रमान गुरुङलाई होम स्टेका पिता समेत भनेर चिनिन्छ । उनले स्याङ्जाको सिरुवारीमा नेपाल मै पहिलो पर्यटन गाउँ घोषणा गरी संचालन गरेका थिए ।

भिटोफले यस वर्षदेखि हरेक वर्ष गाउँ पर्यटन तथा घरवास कार्यक्रमको प्रवद्र्धन तथा विकासमा पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पु¥याउने दुई जना पत्रकारलाई नगद सहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्ने निर्णय हो ।

छनौट समितिले सिफारिस गरेका पत्रकारहरुलाई आगामि भदौं १८ गते पोखरा २२ पुम्दीभुम्दीको कालवाङ घडेरी होम स्टेमा हुने भिटोफ प्रदेश नं. ४ को दोश्रो अधिवेसन समारोहमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष तारानाथ पहारीले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*