May 12, 2021

फेवातालका डुङ्गा ब्यवशायी संगठनको २४ औ वार्षिक साधारणसभा तथा १२ औ अधिवेशन सम्पन्न

पोखरा, २ भदौ  फेवा डुङगा ब्यवशायी संगठनको २४ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै पोखरा लेखनाथ वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले डुङगा ब्यवशायीले आन्तरिक तथा बाह्य पर्यटकलाई फेवातालमा अवलोकनका लागी ठूलो भुमिका खेलेको वताए ।

पहारीले आफ्नो वडाबाट पहारी घाट र बंगाली घाट पुन निर्माणको लागी सहयोग गर्ने वताउदै डुङगा ब्यवशायीले पोखराको पर्यटनमा पु¥याएको योगदान श्रहानिय रहेकाले आफ्नो ब्यवशायीक मर्यादालाई हितमा राखी ब्यवशाय सञ्चालन गर्न समेत आग्रह गरे ।

सामुदायिक सेवा केन्द्र वैदामका संस्थापक अध्यक्ष मंगल नेपालीले डुङगा ब्यवशायीले पोखराको मुख्य पर्यटकीय केन्द्रबिन्दु रहेको फेवातालमा आउने पर्यटकलाई फेवातालको अवलोकनका लागी पु¥याएको योगदानको कदर गर्दै आफ्नो ब्यवशायलाई आगामी दिनमा पनि पर्यटन मैत्री बनाएर अगाडी वढ्न आग्रह गरे ।  त्यस्तै डुङगा ब्यवशायी संगठनका सल्लाहकार चुडामणी पहारीले डुङगा ब्यवशायीले फेवातालको संरक्षणमा चासो दिइरहेको भएतापनि अन्य संघ सस्थाहरुले पनि फेवातालको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

सो समारोहमा संगठनलाई योगदान पु¥याएबापत कृष्ण प्रसाद पहारी, चुडामणी पहारी, चिन्तामणी पहारी, गंगा बहादुर भुजेल र लक्ष्मी कार्कीलाई सम्मान गरिएको थियोभने नवनिर्वाचित वडा नम्बर ६ का जन प्रतिनिधीहरुलाई समेत सम्मान गरिएको थियो ।

फेवा डुङगा ब्यशावयी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल बिकास समन्वय समिती वडा नम्बर ६ का अध्यक्ष गिरीराज अधिकारी, सल्लाहकारहरु मेहरमान श्रेष्ठ र विष्णु अधिकारी, वडा नम्बर ६ का नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संगठनका सचिव विष्णु प्रसाद पहारीले सञ्चालन गरेको कार्यक्रममा संगठनका उपाध्यक्ष बत्ती प्रसाद गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*