September 26, 2021

पश्चिमाञ्चल होटल संघ पोखराले बाढीपीडित राहत कोष स्थापना

पोखरा, १ भदौ ः नेपालका विभिन्न भागमा हालै आएको विनासकारी बाढी र पहिरो पीडितहरुका लागि पश्चिमाञ्चल होटल संघ पोखराले बाढीपीडित राहत कोष स्थापना गरेको छ ।
संघको बुधबार बसेको कार्यसमितिको बैठकले ५१ हजार रुपैयाँको राहत कोष स्थापना गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । बाढीबाट एक सय २३ जना भन्दा बढीको निधन, दर्जनौं वेपत्ता तथा हजारौं घर डुबानमा परेपछि त्यसबाट पीडित भएकाहरुका लागि संघले राहत कोषको स्थापना गरेको अध्यक्ष तुलाचनले बताए ।


संघले स्थापना गरेको कोषमा रकम जम्मा गरी पीडितहरुको घाउमा मल्हम लगाउन पनि संघका अन्य साधरण सदस्यह तथा होटलकर्मीहरुलाई आव्हान गरिएको छ । यस कोषमा अन्य जो कोहीले पनि रकम जम्मा गर्न सक्ने संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।
यसका लागि सिद्धार्थ बैंकको लेकसाइड शाखामा खाता खोली आर्थिक सहयोगको लागि आव्हान गरिएको छ । उक्त बैंकमा रहेको खाता नम्बर ००५१५११११५९ मा रहेको कोषमा जम्मा भएको रकमले होटल संघ नेपालसँग सहकार्य गरी पीडितहरुका लागि केही दिन भित्रै जिन्सी तथा नगद सहयोग गरिने संघले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*