August 5, 2021

भदौं ३० बाट पोखरा – चितवन उडान भर्ने बुद्ध एयरको घोषणा

बद्ध एयरले पहिलो पटक राजधानीबाट बाहिरको प्रमुख पोखरा विमानस्थलबाट दुई गन्तब्य तथा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने घोषणा गरेको छ । स्थापनाको दुई दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार गरी विभिन्न आन्तरिक गन्तव्यमा उडान सञ्चालन गर्दै आएको बुद्धले आगामी भदौ ३० गतेबाट मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखराबाट रुपन्देहीको भैरहवा र चितवनको भरतपुर उडान सञ्चालन गर्न लागेको हो । त्यसैगरी पोखरा विमानस्थलबाट माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*