May 8, 2021

हालसम्म बाढीपहिरोबाट ६६ जनाको मृत्यु २८ घाइते र ५३ जना बेपत्ता

पोखरा पर्यटन समाचार श्रावण ३० – २०७४ ः हालसम्म बाढीपहिरोबाट ६६ जनाको मृत्यु २८ घाइते र ५३ जना बेपत्ता भएका छन्

     रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार-चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन-तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई-दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक-एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन-तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक-एक जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विभिन्न संचारमाध्यम  फेसबुक सन्जाल आदीबाट प्राप्त भएका यि दर्दनाक ४१ तस्विरहरु जस्ताको तस्तै ।

राहत वितरणका लागि प्रभावित २१ जिल्लामा एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*