May 15, 2021

पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले हवाइ रुट नपाउने खतरा

Photo: Rishi Ram Baral

पोखरा, २३ साउन । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना नयाँ होइन । विमानस्थलका लागि २०३२ सालमै परिकल्पना गरिएको थियो । तर, २०३२ साल यताको ४२ वर्षसम्म अन्तराष्ट्रिय विमानस्थल परिकल्पनामै सिमित रहयो । विमानस्थल निर्माणको विषय धेरैका लागि सत्ता उक्लने भर्‍याङ बन्यो । विमानस्थल भने अझै बन्न सकेको छैन । ढिलो चाँढो त्यस्तै हो । अब भने, विमास्थल बन्ने पक्का भएको छ । पछिल्लो सयमय विमास्थल निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । कम्पनीले काम समेत सुरु गरिसकेपछि पोखरावासीमा खुशीलायाली छाएको छ । निरन्तर काम भए अबको चार वर्षपछि पोखरामा अन्तराष्ट्रिय विमान अवतरण हुनेछ ।

आजभदा ४२ वर्ष पहिले २०३२ सालमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको थियो । तर, यतिका वर्ष वितिसक्दा समेत पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्न सकेको छैन । अहिले पोखरालाई आन्तरिक विमानस्थलले नै धानेको छ । तर, ४२ वर्ष पछि भने चीन सरकारको सहयोगमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल पन्ने पक्का भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणको जिम्मा चिनयाँ कम्पनी सिए एमसी इन्जीनियरिङले पाएको छ । कम्पनीले ११ जुलाई २०१७ बाट काम शुरु गर्ने अनुमति पाएको छ । खुशीको कुरा चाहिँ के हो भने काम सुरु गर्नुपर्ने मितिभन्दा अगाडी नै निर्माण पक्षले काम सुरु गरेको छ ।

निर्माण कम्पनीको प्रतिवद्धता
कम्पनीले १० जुलाई २०२१ सम्ममा विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने छ । केही दिन अगाडी पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्याको औपचारिक उद्घाटन समेत गरिएको छ । तर, हाम्रो देशमा निर्माण कम्पन्नीहरुका बेइमानीका कारण ठूला–ठूला परियोजनाहरु अलपत्र पर्ने गरेका छन् । त्यसैले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पनि समयमै सम्पन्न होला भनेर ढुक्क हुने अवस्था नहुनसक्छ । तर, विमाानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ इन्जीनियरिङ कम्पनी सिए एमसी इन्जीनियरिङका प्रोजेक्ट म्यानेजर इन्जीनियर याङ जेरी भने आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछन् ।

मुआब्जा समास्था यथावत
ठूला–ठूला आयोजमा सुरु गर्दा सधै मुआवजा समस्या हुने गरेको छ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा पनि मुआब्जा समस्या अझै सुल्झिएको छैन । विमानस्थल निर्माणका लागि सरकारले अघिग्रहरण गरेको जमिन मध्ये कतिपय स्थानीयले अझै पनि मुआब्जा पाइसकेका छैनन् । तर, निर्माण कार्य भने सुरु भइसकेको छ । विमानस्थल प्रभावितलाई मुआब्जा वितरण नगरी निर्माण शुरु गरिएकाले कुनै पनि बेला समस्या आउनसक्ने विमानस्थल सरोकार समितिका अध्यक्ष बलराम कुँवर बताउँछन् ।

विमानस्थलले अधिग्रहण गरेको जमिनधनी सबैले मुआव्जा नपाएको भने होइन । धेरै जग्गाधनीले मुआब्जा पाइसकेका छन् । तर, केहीले भने अझै पनि पाउन सकेका छैनन् । मुआब्जा वितरणमा ढिलाइ भए विमानस्थल निर्माणमा कुनै पनि समय अवरोध आउनसक्ने सम्भावना रहन सक्छ । त्यति मात्र होइन, विमानस्थलको दक्षिण क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका वासिन्दाले समेत ढल निकास लगायतका क्षेत्रमा निर्माण पक्षले काम गर्नुपर्ने माग राखेका छन् । यतिका ठूलो परियोजनामा मुआब्जा समस्या तत्कालका लागि ठूलो होइन । तर, समयमै व्यवस्थापन हुन नसके पछि ठूलो विवादको विषय पनि बन्न सक्छ । त्यसैले समयमै मुआब्जा समस्या समाधान गरिनुपर्छ ।

लामो समयसम्म परिकल्पनामै सिमित रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने पक्का भयो । तोकिएको समयमै काम सम्पन्न हुने हो भने अबको चार वर्ष पछि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानको जहाज अवतरण हुनेछ । पोखरामा अन्तराष्ट्रिय उडान अवतरण गर्न थालेपछि सिंगो चार नम्बर प्रदेशको आर्थिक क्षेत्रमा ठूलै परिवर्तन हुने सम्भावना छ । किनकी, नेपाल आउने धेरै पर्यटक पोखरा भेगका पर्यटन क्षेत्र घुम्न चाहन्छन् । ति पर्यटक समेत सिधै पोखरा पुग्छन् । त्यति मात्र होइन, अहिलेको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको चाप समेत घट्नेछ । तर, पोखरा क्षेत्रिय विमानस्थाल संचालनमा ल्याउन विभिन्न समस्या पनि छन् ।

हवाइ रुटका लागि पहल भएन
पोखरामा ढिलै भए पनि अन्तराष्ट्रिय विमानस्थल बन्ने त पक्का भयो । निर्माण कम्पनीले समेत काम सुरु गरिसकेकाले अब पक्कै विमानस्थल बन्छ । तर, विमानस्थाल बनेर मात्र हुँदै । मुख्य कुरा हवाइ रुट हो ।

पोखरा आउने ठूला जहाजले भारतको हवाइ रुट प्रयोग गर्नु पर्ने बाध्यता छ । यदी, भारतले हवाइ रुट उपलब्ध नगराएको खण्डमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा हुन सक्दैन । पोखरा आउने कुनै पनि अन्तराष्ट्रिय उडाने भारतको दिल्ली, मुम्बइ, र कलकत्ता क्षेत्रको भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म पनि भारतीय पक्षसँग हवाइ रुटका बारेमा छलफल भएको छैन ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि चार नम्बर प्रदेशका कोही पनि नागरिक विदेश जान काठमाडौं पुग्नु पर्ने छैन । त्यति मात्र होइन, पोखरालाई आधार मानेर नेपाल घुम्न आउने विदेशी पर्यटकलाई काठमाडौंमा ओलर्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ । विमानस्थल निर्माण त सुरु भइसकेको छ । तर, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले प्रयोग गर्ने हवाइ रुट अझै पनि टुङ्गो लाग्न सकेको छैन ।

पोखरा आउने कुनै पनि अन्तराष्ट्रिय उडाने भारतको दिल्ली, मुम्बइ, र कलकत्ता क्षेत्रको भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ । तर, विमानस्थल निर्माण सुरु भइसक्दा समेत भारतीय पक्षसँग हवाइ मार्गको बारेमा अनुमति लिने काम भएको छैन ।

भारतसँग हवाइ मार्गको अनुमति नलिने हो भने पोखरामा बन्ने विमानस्थल प्रयोग विहीन हुने बताउँछन्, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी । विमानस्थल निर्माण सुरु भइसकेकाले हवाइ रुटका लागि तत्काल पहल थालिनुपर्ने पूर्व अध्यक्ष मुल्मीको भनाइ छ ।

पोखरेली नेता प्रतिवद्ध
व्यवस्थापिका संसद अन्तरगतको विकास समितिका सभापति तथा पोखरेली नेता रविन्द्र अधिकारी भने हवाइ रुटको विषयमा सरकारले पहल गरिरहेको बताउँछन् । विमानस्थल निर्माण कार्य अघि बढिसकेले अब हवाइ रुटका लागि ढिला गर्न नहुने भन्दै सभापति अधिकारीले समितिले समेत यो विषयलाई मिहिन रुपमा हेरिहरको बताउँछन् ।

पोखरामा लामो समयदेखी आन्तरिक हवाइ रुट समेत मिल्न सकेको छैन । पोखराबाट कुनै पनि जहाज काठमाडौं बाहेक अन्य क्षेत्र जान सक्दैनन् । अन्य क्षेत्र जानका लागि पोखराबाट जहाज चढेका यात्रु काठमाडौं आउने पर्ने बाध्यता छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय उडानका लागि हवाइ रुट मिलाउन झनै समस्या छ । तर, नागरिक उड्डयन प्राधिकरण अन्तरगतको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रदिप अधिकारी भने आन्तरिक र अन्तराष्ट्रिय दुबै उडानका लागि हवाइ रुट मिलाउन पहल भइरहेको बताउँछन् ।

पोखरा विमानस्थलका लागि हवाइ रुट छिमेकी देश भारतसँगको सम्बध्नमा निर्भर हुन्छ । नेपाल–भारतीबचको सम्बन्ध सबै स्थिर हुन सकेको छैन । बेला–बेला सम्बन्ध राम्रो भएको आभास भए पनि भारतीय पक्षबाट हुने व्यबहारले कुनै न कुनै रुपमा नेपालले सास्ती खेप्नु परेको वास्ताविकता लुक्न सक्दैन । त्यसैले, भारतले पोखरा क्षत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि सहजै हवाइ रुट दिन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले संयम्का साथ कुटनितिक रुपमा हवाइ रुटका लागि नेपाल सरकारले पहल गर्नु पर्ने देखिन्छ । भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्दैछन् । भ्रमणको बेला प्रधानमन्त्री देउवाले हवाइ कनेक्टिभीटीको विषयलाई समेत छलफलको एजेण्डा बनाउन सके राम्रो हुनेछ ।

कुटनीतिक पहल आवश्यक
पोखरामा विमानस्थल त बन्ने नै भयो । तर, हवाइ मार्ग अबको समस्या हुनसक्छ । समयमै पहल गर्ने हो भने यो समस्या पनि समाधान नहुने कुरा होइन । हुनसक्छ । तर, चिनियाँ सरकारको सहयोगमा विमानस्थल बन्ने भएकाले कतै भारतले हवाइ रुट दिन नमान्ने हो की भन्ने आशंकाहरु पनि छन् । यो समस्या कुटनीतिक तवरबाट समाधान गर्न सकिन्छ । तर, समयमै पहल हुन आवश्यक छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि त्यस क्षेत्रको आर्थिक अवस्थामा त पक्कै सुधार हुने नै छ । तर, विमानस्थल बन्दैमा सबै राम्रो हुन्छ भन्ने होइन । विमानस्थलसँगै अन्य भौतिक पूर्वाधारको विकास पनि आवश्यक छ । पोखराका पर्यटन व्यवसायी सडक लगायतका भौतिक संरचनाको विकास पनि आवश्यक ठान्छन् ।

भौतिक संरचना विकासमा जोड
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल हो । तर, एक मात्र अन्तराष्ट्रिय विमानस्थको अवस्थमा पनि नाजुक छ । पहिलो पटक नेपाल ओर्लने जो कोही विदेशी नागरिकले विमानस्थल यस्तो पनि हुन्छ ? भनेर प्रश्न गर्छन् । विमास्थलबाट बाहिरिएपछि नेपाल आउने पर्यटको मानचित्र नै फेरिन्छ । किनकी, हाम्रो देशको भौतिक संरचना अस्त व्यवस्त छ ।

पोखरामा पनि अन्तराष्ट्रिय विमानस्थल त बन्दै छ । तर, पोखरा क्षेत्रको भौतिक संरचना काठमाडौंको जस्तै अस्त व्यस्त छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखराका पर्यटन व्यवसायी खुशी छन् । तर, संगै भौतिक संरचना समेत विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।

नेपालकै दोश्रो ठूलो पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखराका पर्यटन व्यवसायीमा खुशी छाएको छ । तर, विमानस्थल संगै भौतिक संरचना विकासमा समेत उनीहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय विमानस्थल बनाउने काम त सुरु भयो । तर, चार नम्बर प्रदेशका कुनैपनि सडक व्यवस्थित हुन सकेको छैनन् । विमानस्थलबाट ओर्लेपछि पर्यटकले प्रयोग गर्ने बाटो राम्रो नहुँदा अन्तराष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जानेमा पर्यटन व्यवसायी चिन्तित छन् ।

पर्यटन व्यवसायीहरुले विमानस्थल निर्माणसँगै पोखरा–बुटवल, पोखरा–बाग्लुङ र पोखरा–मुग्लिन सडक खण्डको स्तरउन्नती गर्नुपर्ने माग आवाज उठाउँदै भएका छन् । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई विमानस्थल निर्माणसँगै पोखरालाई जोड्ने सडकहरु फराकिलो बनाउनुपर्ने बताउँछन् ।

अर्का पर्यटन व्यवसायी पश्चिमाञ्चल होटल संघका अध्यक्षबिकल तुलाचन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको थालनी हुनु पर्यटन व्यवशायीका लागी मात्र नभइ समग्र चार नम्बर प्रदेशका लागि गौरवको कुरा रहेको बताउँछन् । पोखरा क्षेत्रको पर्यटन बिकासका लागि नीजि क्षेत्रका ठूलो योगदान छ । पछिल्लो समय व्यवस्थित होटलहरु बन्ने क्रम बढ्दो छ । विमानस्थल बन्ने भएपछि अन्य व्यवसया समेत फष्टाउने भएकाले सबै क्षेत्रको व्यवस्थापन आयश्वक रहेको अध्यक्ष तुलाचनको भनाइ छ ।

पोखरा जोड्न सडकहरुको अवस्था राम्रो छैन । तर, अन्तराष्ट्रिय विमानस्थल नै बन्ने भएपछि सडकको स्तरोन्नती आवश्यक रहेको कुरामा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी पनि सहमत छन् । विमानस्थल निर्माण अवधि, चार वर्षको दौरानमा पोखरालाई जोड्ने राजमार्गहरुको स्तरोन्नती गराउने कामलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि पोखराका पर्यटन व्यवशायीलाई मात्र नभएर समग्र चार नम्बर प्रदेशवासीलाई नै फाइदा हुने छ । तर, त्यो भन्दा पहिले विमानस्थल निर्माणकै क्रममा धेरै युवाले रोजगारी पाउनेछन् । यसरी हेर्दा चिन सरकारको २२ अरब लगानीमा बन्न लागेको विमानस्थलबाट पोखरावासीले तात्कालिक र दिर्घकालिन रुपमा धेरै अवसर र सुविधा पाउनेछन् ।

पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने कुरामा आशंका नगर्दा हुन्छ । तर, विमानस्थ मात्र बनेर हुँदैन । विमानस्थलसँगै पोखराको भौतिक संरचना बिकासमा समेत ध्यान दिनइनु पर्छ । त्यति मात्र होइन विमानस्थल निर्माणका क्रममा अनेकौ समस्याहरु आइलाग्ने छन् । सबै समस्याहरुलाई संयमका साथ व्यवस्थापन गरिनु पर्छ ।

पोखरामा २५ सय मीटर रनवे भएको डी मोडेलको विमानस्थल बन्न लागेको हो । तर अहिले भने २ हजार मिटर मात्र जमिन अधिग्रहण गरिएको छ । जनकारहरु भने ३ हजार मिटरको ई मोडेलको रनवे बनाउनु पर्ने बताउँछन् । यसलाई आधार मान्ने हो भने विमानस्थल निर्माणका लागि अझै जमिन अधिग्रहण गर्नुपर्ने देखिन्छ । जमनि अधिग्रहण लगायतका धेरै समस्याहरु छन् । ति, समस्याहरुलाई पनि समयमै व्यवस्थापन गर्न सके मात्र विमानस्थल निर्माण कार्य समयमै सम्पन्न हुने देखिन्छ ।

साभार ः ए.वि.सि. टेलिभिजन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*