September 26, 2021

इनरह्वील मिडटाउनमा पदस्थापन

पोखरा, २२ साउन ः इनरह्वील क्लव अफ पोखरा मिडटाउन पोखराको आठौं पदस्थापन कार्यक्रम हालै सम्पन्न भएको छ । इनरह्वील डिष्ट्रिक्ट ३५० नेपालका अध्यक्ष कमला महर्जन सुवालले सन् २०१७÷०१८ को मिडटाउनको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गराएकी थिइन् ।

नवनिर्वाचित समितिमा अध्यक्ष पार्वती पाण्डे, उपाध्यक्षमा सावित्री नेपाली, निवर्तमान अध्यक्ष अनिला श्रेष्ठ र सचिवमा सावित्री थापा रहेका छन् । यसैगरी समितिको कोषाध्यक्षमा अम्बु कर्माचार्य अन्तर्राष्ट्रिय सेवा प्रबन्धक (आइएसओ) माधवी वास्तोला, इडिटर किशोरी गोदार, सहसचिव यसोदा वास्तोला र मेम्वरमा जुनुदेवी थापा निर्वाचित भएका थिए । उनीहरु सबैलाई एक कार्यक्रमका विच पदस्थापन गराइएको थियो ।

समाजसेवा, बालवालिका तथा पिछडिएका महिलाहरुको उत्थानका लागि स्थापित मिड टाउनको नयाँ समितिको पदस्थापन कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन, इनरह्वील क्लव अफ पोखराकी अध्यक्ष सिता कुमारी अधिकारी, इनरह्वील न्यूरोडकी अध्यक्ष कमला वास्तोला, इनरह्वील अन्नपूर्णकी अध्यक्ष मिना आचार्य, इनरह्वील दमौलीकी अध्यक्ष निर्मला मल्ल, इनरह्वील पर्वतकी चन्द्रकला लम्साल र रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष महेन्द्र गोदारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै क्लवकी अध्यक्ष पार्वती पाण्डेले नयाँ कार्यसमितिले रचनात्मक काम गर्ने र सबै पदाधिकारीको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिन् । वर्तमान समितिकी सचिव सावित्री थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन वर्तमान समितिकी उपाध्यक्ष सावित्री नेपालीले संचालन गरेकी थिइन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*