September 23, 2021

पर्यटन प्रवद्र्धनको मुख्य केन्द्र मानिने (पंचासे) जाने पक्की पुल नहुँदा ओझेलमा पर्ने डर

रोहीत वस्नेत
पोखरा १८ साउन ः नेपालकै ठुलो पर्यटनको गन्तब्य (पंचासे) पोखरा—पंचासे जाने सडकको नौविसे रातामाटा जोड्ने खहरे खोलामा पक्की पुल नहुँदा पंचासे घुम्न जाने पर्यटक लगायत विद्यालय पढ्न आउने सयौं विधार्थीले समेत सास्ती पाउने गरेका छन् ।

२०७४ साउन १६ गते गएको बाढीको कारण खहरेखोलाले पश्चिम तर्फ आफ्नो धार परिवर्तन गरे पछि रातामाटा भन्ने ठाउँमा पैदल समेत हिड्ने बाटो अबरुद्ध भएको स्थानिय बुद्धिजीवि बिष्णु दाहालले पोखरा पर्यटन समाचारलाई बताए ।फलामको फ्रेम हालि विच भागमा बाँस राखि बनाएको सो कच्ची पुलको बाँस बर्षाको कारण कुहीएपछि पर्यटक लगायत विधार्थीका खुट्टा खस्ने समेत डर भएको विधार्थीहरुले गुनासो गरे ।

२०७४ साउन १२ गतेको भिषण बाढीले ध्वस्त बनाएको उत्त पुल कास्की बाल संजालले फलामको फ्रेम उपलब्ध गराई स्थानियहरुको सहयोगमा विचको भागमा (हिड्ने) बाटोमा बाँस राखी दैनिक केही पर्यटकहरु लगायत सयौं विधार्थी तथा अभिभावकहरु आउने जाने गरेका छन् ।

नेपालकै ठुलो महानगरपालिका सँग जोडिने उत्त ठाउँको हालत आज दुर्गम ठाउँको तुलनामा फरक नभएको पाइएको छ ।

१. ढुक्क भएर विद्यालय पठाउने अविभावकको मन शान्त होला कहीले सम्म ?
२. ढुक्क भएर विधार्थी विद्यालय जान पाउने वातावरण होला कहिले सम्म ?
३. ढुक्क भएर पर्यटकहरु पोखराबाट पंचासे बाटो लाग्ने कहीले सम्म ?
३. स्थानियहरुलाई पक्की पुलको अभाव कहिले सम्म ?

सम्पूर्ण पर्यटन व्यावसायी संगठनहरुले पहल गर्नुका साथै नेपाल सरकार र सम्बन्धित निकायको ध्यान छिटै जानु पर्ने देखिएको छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*