July 24, 2021

२१औं गाउँ पर्यटन दिवशमा उपराष्ट्रपतिले ‘जनयुद्ध पर्यटन’ प्रस्ताव

  • काठमाडौं, १६साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आफ्नो २१औं वार्षिक साधारण सभासँगै गाउँ पर्यटन दिवश भव्यताका साथ मनाएको छ । ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा सोमबार आयोजित सो समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सम्बोधन गर्नुभएको थियो ।

  • कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपराष्ट्रपति पुनले भिटोफले हरेक वर्ष ३ वटा नयाँ गन्तव्य घोषणा गरेर त्यसको प्रवद्र्धन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई त्यहाँसम्म पुर्‍याएर मुलुकको सिंगो पर्यटन विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । भिटोफ नेपाल ग्रामिण पर्यटन प्रवद्र्धन र विकासको माध्यम बनिरहेको उल्लेख गर्दै उहाँले नयाँ गन्तव्य पहिचान गरी त्यसको प्रवद्र्धन र विकासका लागि निजी क्षेत्रमा मात्रै नभएर राज्य र समबन्धित निकायहरु पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नेपाल विविध पर्यटकीय सम्भावनाले युक्त भएको मुलुक भएको भन्दै नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने क्रममा ‘जनयुद्ध पर्यटन’लाई पनि नयाँ प्रडक्टको रुपमा अघि बढाउन सकिने तर्क अघि सार्नुभएको छ । ‘भिटोफले हरेक वर्ष तीनटा नयाँ गन्तव्य घोषणा गरेर पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेलेको छ नै’ उपराष्ट्रपति पुनले थप्नुभयो ‘योसँगै आगामी दिनमा जनयुद्ध पर्यटन अवधारणालाई अघि बढाउन पनि म सुझाव दिन्छु । त्यसको सुरुवात गुरिल्ला टे«कमार्फत भइसकेको छ । जनयुद्धस्थल, जनयुद्धका कमाण्डरको सेल्टर जस्ता ऐतिहासिक चिजहरुको उजागर गर्दै संरक्षण र प्रवद्र्धन गर्न सके त्यसबाट पनि पर्याप्त पर्यटक भित्रयाउन सकिने सम्भावना छ ।’भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले ग्रामिण पर्यटन विकास दिगो पर्यटन विकासको पहिलो आधार भएको उल्लेख गर्दै यसको प्रभावकारी प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । ग्रामिण पर्यटन प्रवद्र्धनको लागि मुखले भनेजस्तो सजिलो नभएको भन्दै त्यसका लागि निजी क्षेत्र, सरकार र सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले हरेक क्षेत्रलाई ग्रामिण पर्यटनसँग जोड्न सकेमात्रै दीगो पर्यटन विकास हुने बताउनुभयो । भिटोफ नेपालले अघि बढाएको ग्रामिण पर्यटन प्रवद्र्धनात्मक गतिविधि अत्यान्तै सह्रानीय रहेको उल्लेख गर्दै उहाँले भाषणमा नभई व्यवहारमा पर्यटन प्रवद्र्धत र विकासका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।एमाले पर्यटन विभाग इन्चार्ज सुर्य थापाले पर्यटन विकासका सम्भावनाहरुलाई मार्गप्रशस्त गर्नुको सट्टा विभिन्न बाहानामा कामै गर्न नदिने नियत हावी भइरहेको बताउनुभयो । पर्यटन विकासका लागि यसअघि बढाइएका विभिन्न परियोजनाहरुलाई सम्पन्न गर्न नदिने पात्र र प्रबृत्तिहरुको खोजी गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । नेपालमा विभिन्न जातजाति, संस्कार संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरी त्यसको माध्यमबाट मुलुकको पर्यटन विकास गर्नको लागि राज्यस्तरबाट दीर्घकालिन गुरुयोजना ल्याइनुपर्ने आवश्यकतासमेत उहाँले औल्याउनुभयो ।कार्यक्रममा पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य, नेपाल पर्वतारोहण संघ –एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पालगायतले पर्यटन विकासका लागि ग्रामिण पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
    सोही अवसरमा भिटोफद्धारा प्रकाशित स्मारिका (डाइरेक्टरी) र होमस्टेहरुको विस्तृत विवरण संलग्न वेभसाइट सार्वजनिक गरिएको थियो । विभिन्न जाति र समुदायको पहिचान झल्कने साँस्कृतिक झाकीसहितको उक्त कार्यक्रम महासचिव बासु पाण्डेले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष दिपक दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा महासचिव र कोषाध्यक्षद्धारा प्रस्तावित संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।
  • शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष खालिङ सम्मानित

    शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङ सम्मानित हुनुभएको छ । भिटोफ नेपालको २१औं वार्षिक साधारण सभा तथा गाउँ पर्यटन दिवशको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले खालिङलाई नगदसहितको पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय महासचिवसमेत रहनुभएका खालिङले विगतलामो समयदेखि पर्यटन क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

    खालिङसँगै पर्यटन अभियानका शिव श्रेष्ठ तथा यस वर्षको उत्कृष्ठ होमस्टेको रुपमा कास्कीको हेम्जा होमस्टेलाई सम्मान पत्र प्रदान गरियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*