May 6, 2021

पर्यटनको गन्तव्य सराङकोटमा महोत्सव भदौ तेस्रो साता

पोखरा १६ साउन । साहसिक पर्यटनको गन्तव्य सराङकोटमा फेरी महोत्सव हुदैं छ । लामो समयपछि सराङकोटमा तेस्रो संस्करणको महोत्सव आयोजनाको तयारी गरिएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले नेपाल घुम्नै पर्ने डकुमन्ट्री बनाइरहेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सराङकोट महोत्सवको अर्को संस्करण गर्ने तयारी गरिएको हो ।

पर्यटनका लागि सुन्दर नगरी पोखरापुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगीफर्कीए भने उनीहरु अधुरै रहन्छन । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुलेजोड्ने बिम्वहो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्रीअन्तर्य संसारभरी फैलाउनफरी एक पटक सराङ्गकोट महोत्सवहुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरी निम्तो गर्दैछ ।

तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालनहुँदैछ । सराङ्गकोट टोल विकास संस्थाको आयोजना तथा सराङ्गकोट समाज सेवायुवा क्लब,स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव तयारी सुरु गरिएको छ ।

महोत्सवमा रत्यौली गीत प्रतियोगिता, साँस्कृतिक भेषभूषा तथा बाजागाजा प्रर्दशनी तथा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता विविध साँस्कृतिक/ साँगितिक कार्यक्रमहरु गरिने छ । दुना टपरी गाँस्ने प्रतियोगिता, प्याराग्लाईडिङ, जिप फ्लायर लगायतका साहसिह खेलको समेत सराङकोटमा हुदैं आएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*