May 16, 2021

बृद्धाश्रममा लायन्स टुरिजम सिटीको बृक्षारोपण

पोखरा १५ साउन । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा पोखरा बृद्धाश्रम सितापाइलामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन बिष्णुबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न १५ थरि फलफुलका बिरुवा रोपिएको क्लबका सचिब लायन किसन गिरीले जानकारी दिए ।

क्लबको बार्षिक कार्ययोजना मुताविक आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान जोन १८ का जोन चियरपर्सन प्रमोद लामिछानेले क्लबले गरेको रचनात्मक कार्यको प्रशंसा गर्दै फलफुलको बिरुवा रोप्नाले बातावरण जोगिने मात्रै नभइ भविष्यमा बृद्धाश्रममा आश्रित बृद्धबृद्धा पनि लाभान्वित हुने बताए । उनले क्लबले आगामी दिनमा गर्ने कार्यक्रममा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । क्लबका अध्यक्ष लायन बिष्णुबाबु खड्काले सामाजिक उत्तरदायित्वका लागि जहाँ आवश्यकता र अभाव हुन्छ त्यहा क्लब पुगेर सहयोग गर्न पछि नपर्ने कुरा बताउदै यस बर्ष डिस्ट्रिक ३२५ बि वानले तय गरेको बिशेष साक्षरता अभियानका लागि दुरदराजका स्कुलहरुमा पुगेर सेवा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष बसन्तकेशब पराजुली, कार्यक्रम संयोजक तथा क्लबका द्धितिय उपाध्यक्ष बिनय थापा, तृतिय उपाध्यक्ष सन्जय मल्ल लगायतले बोलेका थिए ।

क्लवले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दिदीबहिनी क्लब लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका दिदीबहीनीहरुलाई भाद्र २ गते शुक्रबार बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टमा तिजको दर खुवाउने कार्यक्रम तय गरेको छ । साथै अशोज ५ गते घटस्थापनाको दिन लायन्स नाइट नामक सांगितिक तथा सम्मान कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष बिष्णुबाबु खड्काले जनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*