May 15, 2021

फेवातालमा जिप खस्यो, एकको मृत्यु

 फेवातालमा जिप खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाईते भएका छन् । खहरे हुदैं पामेपुग्ने सडक खण्डको रातोमाटो डाडाँको मुनि सडकबाट जिप तालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रातोमाटो डाडाँमुनिको घुम्तीमा चिप्लिएर जिप सडकदेखि झण्डै ५० मिटर तल पानीमा खसेको थियो । वर्षायामले अहिले तालमा पानीको सतह बढेको छ भने जलकुम्भी झार समेत बढेको छ ।

मृत्यु हुनेमा भोजपुर पाल्तेका अन्दाजी तीस बर्षिया राम प्रसाद राई रहेको छ भने घाइते हुनेहरूमा टीकाराम राई, दिपशन राई, ध्यान बहादुर राई,भक्त बहादुर राई, बिष्णु राई रहेका छन् । उनीहरूको फिस्टेल हस्पिटलमा उपचार भैरहेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीस्थित राती साढे १० बजे ग १ य ८७९ नम्बरको जिप दुर्घटना भएको हो । कामको शिलशिलामा केही दिन अघि भोजपुरबाट पोखरा आएको र घुम्ने क्रममा दुर्घटना भएको घाइते टीकाराम राईले बताए । पोखरा जोमसोम सडक खण्डमा चल्ने उक्त जिप हिमालयन होटेलको रहेको जनाएको छ । जिप चालक बिकास राईले आफ्नो गाउँले साथीभाइलाई शनिबार जोमसोमबाट फर्के पछि पामेमा माछा खान जाने आग्रह गरेको थियो ।

गाडी घुम्तीमा नमोडी सिधै तालमा खसेपछि चालक फरार भएपछि र सामन्य घाइते भएका टिकारामले ढोका खोली निस्किएका थिए । घाईतेको उद्दार गरी फिस्टेल हस्पिटल पु¥याएका थिए । घाइते पाँच मध्ये दुइको अवस्था गम्भीर छ भने बाँकी तीन जना खतरामुक्त छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*