May 8, 2021

नाराको निर्वाचन भदौ १६ गते, आकांक्षीमा चार व्यक्ति

 काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं वार्षिक साधारणसभा तथा निर्वाचन भदौ १६ गते हुने भएको छ ।

यस अघि साउन १७ मा गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै नारा कार्यसमिति बैठकले अर्को मिति भदौ १६ गतेका लागि तोकेको हो । नारामा यस पटक नयाँ कार्यसमिति समेत चयन हुने भएको छ । निर्वाचनको मिति घोषणा हुन अघिदेखिनै नेतृत्वका लागि चलेको चर्चा अहिले पनि उत्तिकै देखिन्छ । लगातार दुई कार्यकाल सफल भएको भन्दै हालका अध्यक्ष चन्द्र दाहालले नयाँ पिँढीमा नेतृत्व हस्तान्तरण गर्ने बताए पनि नेतृत्वका आकांक्षीहरु बढ्न थालेको छ । नाराका उपाध्यक्ष अर्जुन दाहाल, पूर्व महासचिवद्वय मेघ आले र गंगा तथा नेपाल पोखरा च्याप्टरका अध्यक्ष मिनबहादुर मगर पनि अध्यक्षका आकांक्षी देखिएका छन् । यता, महासचिवमा भने हालका सचिव शिव अधिकारीले एक्लो दाबेदारी प्रस्तुत गरेका छन् ।

उनीहरुबीच सामुहिक नेतृत्वका लागि छलफल भए पनि अझै टुंगो लागी सकेको भने छैन । नेपाल पर्वतारोहणको निर्वाचनमा अधिकांश व्यवसायीहरु व्यस्त रहेका कारण नारा निर्वाचनको तयारी केही समय पछि सरेको छ । तर, संस्थाले निर्वाचनका लागि गर्नु पर्ने आन्तरिक काम भने तीव्र रुपमा अघि बढेको सचिवालयको भनाइ छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*