May 15, 2021

टानलाई लक्षित गर्दै एनएमएमा एमाले र माआवोदी निकट व्यवसायीबीच तालमेल

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी निर्वाचनका लागि नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको छाता संस्था नेपाल पर्यटन व्यवसायी संगठनबीच तालमेल भएको छ ।
शनिवार साँझ भएको विशेष छलफलले साउन २१ गते हुने निर्वाचनका लागि तालमेल भएको घोषणा गरेको हो । दुई संगठनका प्रमुखको समेत उपस्थितिमा लिखित सम्झौता गरिएको छ । नेपाल पर्यटन व्यवसायी संगठनका सूचना विभागका प्रमुखसमेत रहेका कोषाध्यक्षका आकांक्षी सुदर्शन न्यौपानेले सम्झौतामा नजिकिदै गएको टान निर्वाचनलाईसमेत मध्येनजर गरि सम्झौता गरिएको बताए । उनले सम्झौतामा दुई संगठनबीचको सहकार्यतालाई आगामी अन्य संस्थाको निर्वाचनमासमेत निरन्तरता दिने उल्लेख गरिएको बताए ।

दुई संगठनबीच भएको सम्झौता अनुरुप सन्तविर लामाको नेतृत्वमा निर्वाचनमा जाने जस्मा प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्ष शेर्पा समुदयका लागि सुरक्षित राखिएको, महासचिवमा बोधराज भण्डारी, सचिवमा टिका गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपानेलाई उम्मेद्वारी बनाउने भएको छ । सदस्यहरुको भने टुंगो लगाइसकेको छैन । समावेशीता, भौगोलिक परिधि, अनुभव, विज्ञता आदि विषयलाई हेरेर छनोट गरिने बताइएको छ । उनले आजैदेखि घरदैलो कार्यक्रम सुरु गरिने पनि बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*