September 26, 2021

महिलाकोलागि नेतृत्व विकास तालिम पर्यटन ब्यवसायी

पोखरा पर्यटन ब्यवसायी महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने उद्घोषण तथा नेतृत्व विकास तालिम विहिबार सम्पन्न भएको छ ।

पर्यटन ब्यवसायी महिला समुहद्धारा आयोजित तालिमको समापन समारोहका प्रमुख अतिथि सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीले महिलाको क्षमता अभिवृद्धिकालागि नेतृत्व विकास तालिम महत्वपूर्ण हुने बताइन् । पहारीले पर्यटन ब्यवसायी महिलाकालागि नेतृत्व विकास तालिमले आत्मविश्वास बढ्ने भन्दै यसले पर्यटन क्षेत्रको विकासमा समेत सघाउ पुग्ने विश्वास ब्यक्त गरिन् । उनले पर्दा पछाडि रहेर भुमिका निर्वाह गरिरहेका महिला अब नेतृत्वको बागडोर समातेर बाहिर आउनु पर्नेमा जोड दिइन् ।

तालिममा पोखरा लेखनाथ महानगरपालिका वडा ६ का वडा सदस्य राममाया वि.क, पुष्पा घलेले हरेक क्षेत्रमा बोल्ने कलाको प्रभाव हुने भन्दै तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गरिन् । संंचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेको तालिममा उद्घोषण, भाषण कला एवं नेतृत्व विकासको बारेमा सैद्धान्तिक एवं ब्यवहारिक प्रशिक्षण दिइएको थियो ।

सहभागीको तर्फबाट आफ्नो अनुभव राख्दै लक्ष्मी लामिछाने र सवीता पहारी, सिता पहारीले तालिमले निर्धक्क बोल्न र आफ्नो कुरा राख्नकालागि आत्मविश्वास प्रदान गरेको बताए ।

यस अघि तालिमको उद्घाटन महिला नेतृ एवं समाजसेवी देवका पहारीले गरेकी थिइन् । पहारीले सामाजिक रुपान्तरणकालागि महिला सशक्त हुनुपर्नेमा जोड दिइन् । व्यक्तित्व र नेतृत्व विकासले नै महिला आफ्नो अधिकार प्रति जागरुक हुने भएकाले तालिमको उद्देश्यमा जोड दिन आग्रह गरिन् ।

सो तालिममा पर्यटन ब्यवसायमा आवद्ध ४० जना महिलाको सहभागिता रहेको थियो । तालिमका संयोजक जमुना पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा उर्मिला श्रेष्ठ, उमा क्षेत्री लगायतले बोलेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*