September 26, 2021

अध्यक्षका उम्मेद्वारले १५ लाख खर्चनु पर्ने, सदस्यलाई ३ लाख एनएमए निर्वाचनका लागि

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)मा नयाँ नेतृत्वका लागि करीबकरीब निर्वाचन हुने अवस्था सिर्जना भएपछि अहिले उम्मेद्वारका आकांक्षीहरु खर्चको जोहो गर्ने विकल्प खोच्दैछन् ।

सहमतीय नेतृत्वका लागि पटकपटक विभिन्न राजनीतिक दलमा आस्था राख्ने संगठनबीच छलफल र वार्ता भए पनि अन्ततः सहमति हुन नसकेपछि उम्मेद्वारहरु एकातिर उत्साहित छन् भने अर्को तिर चिन्तित पनि देखिएका छन् । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पालाई अध्यक्षको उम्मेद्वारका रुपमा उठाउने निर्णय गरेको छ भने नेकपा एमाले निकट व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सन्तवीर लामालाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । उता, नेपाली कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट)ले भने स्वतन्त्र उम्मेद्वारका रुपमा रहेका जिम्बाजाङ्बु शेर्पालाई समर्थन गर्ने निर्णय गरेको छ । तीन संगठनबीच एउटै नेतृत्वमा कुरा नमिले पछि अन्ततः दुई प्यानलबीच निर्वाचन हुने करीब पक्का जस्तै भएको छ । स्रोतका अनुसार निर्वाचन भयो भने एक प्यानलले करीब एक करोड रुपैयाँ बराबरको खर्च व्यहोर्नु पर्नेछ । जसमा अध्यक्षलाई १२ देखि १५ लाख खर्च गर्नु पर्ने जिम्मेवारी आउने तथा साधारण सदस्यलाई ३ लाख सम्म पर्न आउने आंकलन गरिएको छ । यो बीचका पदाधिकारीले ५ देखि ७ लाखसम्म खर्च व्यहोर्नु पर्नेछ । उठेको रकम भने निर्वाचनको तयारीदेखि मताधिकार रहेका व्यवसायीलाई जाँडरक्सी खुवाउनेसम्मको कार्यक्रममा खर्च हुनेछ । यसरी सामाजिक संस्थामा जानको लागि करोडौं रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आउने भएपछि एकाथरि व्यवसायीहरु भने अझै पनि सहमतीय नेतृत्वका लागि पहल गर्दैछन् भने केही निर्वाचनमा जानको लागि मैदानमा खुट्टा झारिसकेका छन् । निर्वाचनमा जाँदा पैसा, समय र राजनीतिक किचलो समेत बढ्ने भएपछि सामाजिक संजालमा पनि मतदाता तथा शुभचिन्तक व्यवसायीहरुले सहमती गरेर नेतृत्व लिनका लागि दबाब दिन थालेका छन् । शेर्पा पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गरि सहमती गर्न र संस्थामा राजनीति नघुसाउन दबाब नै दिएको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले निर्वाचन सबैका लागि घातक हुने बताएका छन् । पर्यटनन्यूजलाई प्रतिकृया दिदै उनले अझै पनि सहमतीका लागि केही बाटोहरु खुल्ला रहेको भन्दै त्यसका लागि आफूहरुले पहल गरिरहेको बताए । उनले आफूहरुले पनि अध्यक्षको उम्मेद्वार बनाए पनि अझै अधिकतम् लचकता अपनाइ सहमति गरेर नेतृत्व चयन गर्न सक्ने बताए । निर्वाचन गरेर नेतृत्व चयन गर्दा एकतः हालको टानको अवस्था आउन सक्ने भन्दै उनले संस्थामा राजनीति नभइ सही नेतृत्व लानु पर्नेमा जोड दिए । करौडौं रुपैयाँ खर्च हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै संयोजक दाहालले सहमतीय नेतृत्व चयन गर्ने र सो खर्च हुने रकमले व्यवसायीकै हितका लागि कोष खोलेर काम गर्न सकिने नयाँ तर्क पनि दिए ।

यता, नेपाली कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट)का संयोजक मोहन लम्सालले सहमतीका लागि अन्तिम प्रयास भइरहेको भन्दै शुक्रबार विहानसम्ममा निचोड आउने बताएका छन् ।

यता, नेपाली कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट)का संयोजक मोहन लम्सालले सहमतीका लागि अन्तिम प्रयास भइरहेको भन्दै शुक्रबार विहानसम्ममा निचोड आउने बताएका छन् । उनले पनि निर्वाचन हुँदा धेरै हिसाबले व्यवसायीहरुलाई घाटा हुने भन्दै अन्तिम समयसम्म सहमतीकै लागि छलफल गरिरहेको बताएका छन् । उनले निटले अध्यक्षको उम्मेद्वार घोषणा नगरिएको हुँदा आफूहरुले नै सहमतिका लागि अधिकतम् लचकता अपनाइ छलफल गरिरहेको बताए ।

यसैबीच, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले आफूहरुले अध्यक्षको उम्मेद्वारका रुपमा सन्तवीर लामालाई उठाउने घोषणा गरेको भन्दै त्यसैमा सहमति गर्नको लागि छलफल भइरहेको बताए । उनले सर्वसम्मत नेतृत्वका लागि अध्यक्षका लागि उम्मेद्वार घोषणा गरेका व्यक्ति तथा संगठनसँग छुट्टाछुट्टै छलफल भइरहेको बताए । एक अर्को प्रसंगमा सहमतीको नाममा नेतृत्व अरुलाई दिन नसक्ने पनि उनको भनाइ छ । निर्वाचन हुनु परेको अवस्थामा आस्था मिल्ने संगठन र शेर्पा समुदायसँग सहकार्य हुने पनि उनको भनाइ छ । प्रतिकृया दिदै उनले पनि निर्वाचन हुँदा धेरै हिसाबले व्यवसायीहरुलाई घाटा हुने भन्दै अन्तिम समयसम्म सहमतीकै लागि छलफल गरिरहेको बताएका छन् । उनले निटले अध्यक्षको उम्मेद्वार घोषणा नगरिएको हुँदा आफूहरुले नै सहमतिका लागि अधिकतम् लचकता अपनाइ छलफल गरिरहेको बताए ।
यसैबीच, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले आफूहरुले अध्यक्षको उम्मेद्वारका रुपमा सन्तवीर लामालाई उठाउने घोषणा गरेको भन्दै त्यसैमा सहमति गर्नको लागि छलफल भइरहेको बताए । उनले सर्वसम्मत नेतृत्वका लागि अध्यक्षका लागि उम्मेद्वार घोषणा गरेका व्यक्ति तथा संगठनसँग छुट्टाछुट्टै छलफल भइरहेको बताए । एक अर्को प्रसंगमा सहमतीको नाममा नेतृत्व अरुलाई दिन नसक्ने पनि उनको भनाइ छ । निर्वाचन हुनु परेको अवस्थामा आस्था मिल्ने संगठन र शेर्पा समुदायसँग सहकार्य हुने पनि उनको भनाइ छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.

*