May 16, 2021

ब्लुस्काई फ्लाईङ स्कुलका संचालक र प्रशिक्षक पक्राऊ

पोखरा १० साउन । प्रशिक्षणको क्रममा लापरवाही गर्दा एक जनाको ज्यान गएको उजुरीका आधारमा पोखराको ब्लुस्काई प्याराग्लाइडिङका सञ्चालक र प्रशिक्षक पक्राउ परेका छन् ।

असार ५ गते पोखरा ३० का २६ बर्षिय प्रभात सुबेदीको लापरवाहीपूर्ण प्याराग्लाईडिड प्रशिक्षणका क्रममा मृत्यु भएको उजुरीका आधारमा सञ्चालक नारायण पराजुली र प्रशिक्षक दामोदर पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो । आफन्तको किटानी जाहेरीका आधारमा आईतवार पक्राउ परेका उनीहरुलाई ज्यान मुद्धामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

असार ३० गते मृतक सुवेदीका काका गजेन्द्र प्रसाद च्वाईले प्रहरीमा कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा सञ्चालक र प्रशिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

पीडितको उजुरीपछि नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयनमा प्राधिकरणले प्रशिक्षणको क्रममा अपनाइएको सुरक्षा प्रबन्ध सम्बन्धमा थप अनुसन्धान गर्न समेत आग्रह गरेको प्रहरीले जनाएको छ ।  प्याराग्लाईडिङको सेफ्टी एण्ड रेश्क्यु प्रशिक्षणका क्रममा असार ५ गते दिउँसो साढे २ बजे फेवातालमा खसेर ज्यान गएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*