December 4, 2021

नवौं वार्षिकोत्सवका अवसरमा ज्योति विकास बैङ्कद्धारा सहयोग

पोखरा ९ साउन ।
काठमाडौको कमलादीमा मुख्य कार्यालय रहेको ज्योति विकास बैङ्क आफ्नो स्थापनाकालको ८ वर्ष पुगेर ९ वर्षमा प्रवेश गरेको छ । आफ्नो नवौं वार्षिकउत्सवका अवसरमा बैकको पोखरा शाखाले पोखरा नगर स्तरीय बाल संरक्षण समितिद्धारा सञ्चालित छोरेपाटन सिकाई केन्द्रलाई पेन, कपी, कलम लगाएतका अन्य शैक्षिक सामाग्री वितरण गरेको छ ।

पोखरा शाखाका प्रमुख विशाल लामिछानेले पोखरा नगर स्तरीय बाल संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष मंगल बहादुर नेपालीलाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
सामाग्री वितरण कार्यक्रममा पोखरा शाखाका प्रमुख लामिछानेले बैकले कारोबार मात्र नभएर सामाजिक कार्यहरु पनि गर्छ भन्ने सर्वसाधारणलाई बुझाउन सामाग्री हस्तानतरण गरेको बताए । साथमा असाहयहरुलाई सहयोग गरेर सामाजिक काममा पनि हात हाल्नुपर्छ भन्ने शन्देश आफुले बैङ्क बाहेकका अरु संस्थालाई पनि दिन चाहेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा सहयोग सामाग्री ग्रहण गर्दै संस्थाकी सञ्चालिका उर्मिला भट्टराईले यस्ता सहयोगले केही हदसम्म भएपनि असाहय बालबालिकाहरुलाई खुसी मिल्ने र अविभावकत्वको अनुभव हुने बताइन् ।

बैङ्कका कर्मचारीहरु समेत सहभागी उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कर्मचारी शिव पौडेलेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*