September 26, 2021

माओवादी–केन्द्र निकट व्यवसायीको प्यानल सार्वजनिक एनएमए निर्वाचनको लागि

साउन ८, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अगस्ट ५ मा हुन गईरहेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पाको नेतृत्वमा टिम सार्वजनिक गरेको छ ।

यसैगरी प्रथम उपाध्यक्षमा ठाकुरराज पाण्डे, द्वितिय उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिवमा बोधराज भण्डारी, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा सुर्दशन न्यौपाने, रहनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रसाद सापकोटा, निर बहादुर लामा, ऋषि पनेरु र लाक्पा नुरु शेर्पालगायत रहेको छन् ।

संगठन विभाग प्रमुख तथा वार्ता कमिटि सदस्य कमल सापकोटाले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै एनएमए निर्वाचनको लागि आफ्नो संगठनको टिम सार्वजनिक भई सकेको तर अन्य संगठनहरुसँग वार्ता र संवाद भने यथावत रहने बतानु भयो । उहाँले बाँकी पदहरु समावेशी बनाउनको लागि केही पदहरु सार्वजनिक नगरिएको पनि प्रष्ट पार्नुभयो । एनएमए निर्वाचनको लागि टिम घोषणा गर्ने पहिलो संगठन माओवादी केन्द्र निकट व्यवसायीको संगठन देखिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*