December 4, 2021

पोखरा – सराङकोट केवलकार : कार्तिकदेखि शुरु गरिने

धन बस्नेत पोखरा ६ साउन । सेदी—सराङकोट केवलको निर्माण कार्य आगामी कार्तिकदेखि शुरु गरिने छ । तिहार लगत्तै काम शुरु गरिने छ । ‘तिहारपछि हामी केवलकारको सिभिल काम थाल्छौ ।’ चितवन कोई ग्रुपका प्रवन्ध निर्देशक राजुबावु श्रेष्ठले भने—‘यो वर्षभित्र टावर निर्माण कार्यलाई सक्ने लक्ष्यसहित गर्छौ ।’

सराङकोटको टावर १ हजार पाँचसय ९५ मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । त्यसको लागि भने पोखराबासीले अझै एक वर्ष कुर्नुपर्छ । ‘एकवर्षभित्र सञ्चालनमा आउने गरी काम सक्ने लक्ष्य लिएका छौै । उनले भने—‘बाधा व्यवधान नभए समयमै सक्छौं ।

केवलकारको दुरी २१ सय ७५ मिटर लम्बाईको हुने छ । १७ वटा डिब्बा रहने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको बनाईने छ । १३ वटा टावर निर्माण गरिने छ । अन्नपुर्ण केवलकार प्रालिले डेढवर्षको अवधिमा सराङकोटमा केवलकार निर्माण पुरा गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार सिभिलको कामको जिम्मेवारी भने चितवन कोई ग्रुपलाई दिएको हो ।

केबलकार निर्माणको लागि कालु गुरुङको ७५ प्रतिशत, जापानी ब्यवसायी ताकासी मियाहाराको १५ र स्थानियको १० प्रतिशत सेयर लगानी हुनेछ । केबलकार निर्माणका लागि एक अर्ब रुपैया लगानी अनुमान गरिएको छ । प्रत्येक टावर ३ सय १६ मिटरको फरकमा हुनेछ । प्रतिघण्टा पाँच सय यात्रु ओसार्ने गरी १७ वटा डिब्बा हुनेछन् । एउटा डिब्बामा ८ जना यात्रु अट्नेछन् । यात्रु बढेमा पछि क्षमता विस्तार गर्न सकिने र भविश्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार यात्रु ओसार्न सकिने छ ।

पोखरा उपमहानगरपालिका २६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाईटसम्म केवलकारको जक्सन बन्ने छ । लगानी एक अर्बको हुने उनको भनाई छ । ‘कम्पनीको मात्रै होईन सराङकोटबासीको प्रत्यक्ष/ अप्रत्यक्ष सहभागि रहने छ ।’ फेवातालको किनारदेखि सराङकोटसम्म अब केवल आठ मिनेटमा पुग्न सकिन्छ । मनोरम दृष्य हेर्दै आठ मिनेटभित्र सराङकोट पुगेर सुर्योदय हेर्न पाईन्छ । आठ मिनेटमा सराङकोट पुगेर दृष्यावलोकन गरी फर्किने सकिने छ । डेढ वर्षभित्र केवलकार बन्ने भएपछि पोखराको पर्यटनमा नयाँ आयाम थपिने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।

केवलकार निर्माण कार्यको गत मंसिर २९ गते शिलान्यास गरिएको थियो । आयोजना शिलान्यास गरिएको झण्डै एक बर्षपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । चितवन को इले इपिसी मोडलमा पूर्वाधार निर्माण गरी अन्नपूर्ण केबलकार प्रालिलाई हस्तान्तरण गर्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*