October 24, 2021

(युनिट्राफ) को रक्तदान कार्यक्रम सम्पन्न

रोहीत वस्नेत
साउन ५ ः नेपाल टेकिङ्ग, ट्राभल्स,राफटिङ्ग तथा एयरलाइन्स मजदुर यूनियन (यूनिट्राफ) पश्चिमाञ्चल क्षेत्रिय समन्वय समिति पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय पर्यटन परिषदका सदस्य तथा पर्यटन व्यावसायी  वासुदेव त्रिपाठी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ३६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यूनिट्राफले प्रत्येक बर्ष साउन ५ गते रक्तदान कार्यक्रम गर्दै आएको र आज १५औं बार्षिक रक्तदान कार्यकम सफल भएको कार्यक्रमका संयोजक  तथा उपाध्यक्ष नवराज भण्डारीले जानकारी दिए ।

रक्तदान कार्यक्रमा फिमेल ट्रेकिङ्ग गाईडहरु ट्राभल्स,राŠटिङ्ग तथा एयरलाइन्सका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

यूनिट्राफका केन्द्रिय सदस्य त्रिलोचन अधिकारी, जिल्ला अध्यक्ष विजय के.सी. ले रक्तदाताहरुलाई सम्मान तथा प्रमाण—पत्र प्रदान गरेका थिए
यूनियनका सचिव राज तिमिल्सीनाले कार्यक्रम चलाएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*